Latest News
Kathmandu

पत्रकार सहनीको अनशन तोडियो 

पत्रकार सहनीको अनशन तोडियो 

गौर र ईशनाथ नगरपालिका जोड्ने लालबकैया नदीमाथिको अधुरो पुल तत्काल निर्माणका लागि आमरण अनशनमा बस्नुभएका पत्रकार सञ्जय सहनीलाई बिहीबार बेलुका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले जुस खुवाएर आमरण अनशन तोडाउनु भयो ।

गौर नगरपालिका तथा ईशनाथ नगरपालिका जोड्ने एकमात्र माध्यम बनेको टिकुलिया घाटको लालबकैया पुल पप्पु कन्ट्रक्सन कम्पनीले निर्माणको ठेक्का लिएर अपुरो छोडेका कारण विगत वर्षमा डुङ्गाबाट यात्रु तार्न लाग्दा ठूलो सङ्ख्यामा यात्रु डुबेका थिए । डुङ्गा डुबेको घटनापश्चात् निर्माणका लागि ठेक्का लिएको उक्त कम्पनीलाई कारबाही गर्नुपर्ने बहस सदनदेखि सडकसम्म उठे पनि न कारबाही भयो न त पुल निर्माण भयोे ।

सोही विषयलाई लिएर स्थानीयवासीले जिल्ला प्रशासन कार्यालयमार्फत सङ्घीय सरकारलाई ध्यानाकर्षण गराउनाका साथै नवनिर्वाचित जनप्रतिनिधि समेतलाई दबाब दिए पनि कुनै सुनुवाई भएन ।

सोही विषयलाई लिएर स्थानीय पत्रकार सहनी चार दिनदेखि आमरण अनशन बस्दै आउनुभएको थियो । उहाँको स्वास्थ्यावस्था नाजुक भएकाले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको प्रयासमा प्रदेशसभा सदस्य नागेन्द्र साह, क्षेत्र नं २ का सांसद किरण साहलगायत पुल महाशाखा प्रमुख उमेश बिन्दु श्रेष्ठ र सङ्घीय सडक प्रमुख विजय जैसीको उपस्थितिमा अनशन तोडाइएको हो । पत्रकार सहनी र सरोकारवालाको बीचमा भएको सम्झौताअनुसार अबको डेढ वर्षभित्र अधुरो पुल निर्माण गरिने भएको छ । आमरण अनशनलाई स्थानीयवासी तथा सञ्चारकर्मी समर्थन जनाएका थिए ।
–––

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
हङकङको जनसङ्ख्या घट्दो क्रममा
पछिल्लो समाचार →
  सभामुख घिमिरे र उप सभामुख रानालाई झापामा स्वागत   

Leave a Comment

Your email address will not be published. Required fields are marked *