Latest News
Kathmandu

उपत्यकाको पार्किङ व्यवस्थापन सम्बन्धि संघर्ष समिति गठन

उपत्यकाको पार्किङ व्यवस्थापन सम्बन्धि संघर्ष समिति गठन

२०७९-१२-०३ शुक्रवारका दिन करिब ५०० जना भन्दा बढी काठमाडौँ उपत्यकाका हरेक व्यवसायीहरू,  घर धनी र सरोकारवाला पार्टी भेनुमा  F10 पार्टी भेनु बैकेटमा  जम्मा भई हाल काठमाडौँ उपत्यकाको पार्किङको सम्बन्धमा छलफल केही महिनादेखि महानगरपालिका र ट्राफिक कार्यालयले पूर्वाधार र विकल्प बिना व्यवस्था नगरी हटाइएकोले यस सम्बन्धी आधिकारिक तवरले राज्य पक्ष सँग कुराकानी गर्न श्री सुमन सायमी ज्युको संयोजकत्वमा १५ सदस्य सङ्घर्ष समिति गठन गरिएको छ।

विगत केही महिना देखि महानगरपालिका र ट्राफिक कार्यालय सँग छलफल तथा समाधानका लागि धेरै प्रयासहरू गरे पनि समाधान नआएकोले सङ्घर्ष समिति गठन भएको कुरा संयोजक ज्युले बताउनु भएको छ। सम्बन्धित निकायले यस ट्राफिक व्यवस्थापन चाडै भन्दा चाडै सम्बोधन नगरेमा सबै उपत्यकाका व्यापार व्यवसाय गर्ने व्यवसायी घर धनी र सरोकारवाला व्यक्तिहरूले बन्द गरी साँचो सम्बन्धित निकायलाई बुझाई थप कडा कदम चाल्ने निर्णय गरेको कुरा जानकारी गराएका छन्। उक्त समितिकाे नाम उपत्यका पार्किङ व्यवसाय सङ्घर्ष समिति जुराएको जानकारी दिनुभएको छ ।

उक्त समितिमा उल्लेखित व्यक्तिहरू चयन हुनुभएको छ।
संयोजक -सुमन सायमी
सचीव – सकिल अहमद

कोषाध्यक्ष  -पूर्ण महर्जन
सदस्यहरु – श्रीमिला सुवाल ,भुवन श्रेष्ठ ,महेश थापा , राजेन्द्र थपलिया , लभ ढुंगाना , नरेश ओझा , विनय घिमिरे , दिलिप शर्मा , बालकृष्ण माझी तथा प्रेस तथा प्रचार प्रसारमा एस जी अधिकारी नियुक्ति हुनुभएको छ।

हाल सम्म यस समितिमा आबद्ध नभई काठमाडौँ व्यापार व्यवसाय गरी बस्नु भएका सम्पूर्ण व्यापारीहरूलाई चरणबद्ध विरोध कार्यक्रममा सहभागी हुनुको लागि यस समितिका सचिव श्री सकिल अहमद ज्युले आह्वान गर्नुभएको छ । सम्पर्कको लागि मोबाइल नं ९८0३५६९२०४ मा सम्पर्क गर्न सक्नुहुनेछ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
हेटौंडामा भोलिदेखि क्यान इन्फोटेक प्रदर्शनी हुँदै, यस्तो छ तयारी
पछिल्लो समाचार →
तीन मन्त्रालय नपाएसम्म मन्त्रीको नाम नदिने – माधवकुमार नेपाल

Leave a Comment

Your email address will not be published. Required fields are marked *