Latest News
Kathmandu

नागार्जुन नगरपालिकाका नगर प्रमुख मोहन बहादुर बस्नेतद्वारा खानेपानी भवनको उद्घाटन

नागार्जुन नगरपालिकाका नगर प्रमुख मोहन बहादुर बस्नेतद्वारा खानेपानी भवनको उद्घाटन

नागार्जुन नगरपालिकाका नगर प्रमुख मोहन बहादुर बस्नेत वडा नं. ५ स्थित सीतापाइला खानेपानी तथा सरसफाइ उपभोक्ता समितिद्वारा वडा नं. ५ बुद्धटोल स्थित कल्चौंडी खोला किनारमा आयोजित आठौं साधारण सभा तथा अधिवेशनमा सरिक हुनुभएको छ ।

उक्त कार्यक्रममा नगर प्रमुख बस्नेतले संस्थाको नवनिर्मित खानेपानी भवनको उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा बोल्नुहुँदै उहाँले विकास निर्माणका कार्यहरु गर्दा विभिन्न बाधा अड्चनहरु आउने, विभिन्न दुरासय भएका व्यक्तिहरुले वास्तविकता नबुझी क्रिया प्रतिक्रिया जनाउने, मुद्दा मामिलामा अड्काएर अप्ठ्यारो पार्ने गरेकाले पनि असजिलो महसुस भएको र विकास निर्माण तिव्र गतिमा अघि बढ्न कठिनाइ भएको यथार्थता व्यक्त गर्नुभएको थियो ।

अन्तमा संस्थाको साधारण सभा तथा अधिवेशनको सफलताको कामना गर्दै नया चयन हुने कार्य समितिका पदाधिकारीहरुलाई अग्रिम बधाई तथा शुभकामना दिनुभएको थियो ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
संवैधानिक परिषद्को बैठक स्थगित, अर्को बैठक चैत १८ गते बस्ने
पछिल्लो समाचार →
८४ सालमा रास्वपाका सबै जना मन्त्री, अहिले त ट्रेलर मात्र हो : मन्त्री श्रेष्ठ

Leave a Comment

Your email address will not be published. Required fields are marked *