Latest News
Kathmandu

इन्स्टाग्रामलाई ४० करोड डलर जरिवाना

इन्स्टाग्रामलाई ४० करोड डलर जरिवाना

काठमाडौं । आयरल्याण्डको डेटा प्राइभेसी नियामकले सामाजिक सञ्जाल इन्स्टाग्रामलाई ४० करोड २० लाख डलर जरिवानाको निर्णय गरेको छ ।

बालबालिकाको विवरणहरु बचाउन नसकेको आरोपमा आयरल्याण्डले इन्स्टाग्राममाथि जरिवानाको निर्णय गरेको हो । प्राइभेसी नियामकका प्रवक्ताले यसअघि गरिएको अनुसन्धानको आधारमा इन्स्टाग्राममाथि जरिवानाको निर्णय गरिएको बताएका छन् ।

इन्स्टाग्रामले आयरल्याण्डको नियामकको निर्णय पुनरवलोकनको लागि आवेदन दिने तयारी गरेको बताएको छ ।

आयरल्याण्डको नियामकले गरेको अनुसन्धान सन् २०२० मा सुरु भएको थियो । अनुसन्धानमा १३ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई लक्षित गरिएको थियो ।

अनुसन्धानको क्रममा प्रयोगकर्ताको फोन नम्बर वा इमेल एड्रेस बचाउन इन्स्टाग्राम असफल भएको पाइएको हो ।

आयरल्याण्डको नियामकको निर्णयको पूर्णपाठ भने अहिलेसम्म सार्वजनिक भएको छैन । गत वर्ष ह्वाट्सएपमाथि पनि सन् २०१८ मा ईयूको डेटा नियम पालना नगरेको आरोपमा २२ करोड ५० लाख युरो जरिवाना गरिएको थियो ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
के महिला हस्तमैथुन हानिकारक छ ?
पछिल्लो समाचार →
इन्टरनेट एक्सप्लोरर सधैंका लागि बन्द

Leave a Comment

Your email address will not be published. Required fields are marked *