Latest News
Kathmandu

मोरङको पथरीमा आगलागी, १ करोड ५० लाखको क्षति

मोरङको पथरीमा आगलागी, १ करोड ५० लाखको क्षति

पथरी । मोरङको पथरी शनिश्चरे वडा नं। १ बुद्ध चोकमा रहेको कोसी चिउरा मिलमा गएराति आगलागी हुँदा एक करोड ५० लाखको क्षति भएको छ । राति १२ बजे मिलमा आगलागी मिलका मेसिनरीसहित त्यहाँ राखिएको अन्न खरानी भएको छ ।

मिलमा आगो सल्केको दुई घण्टापछि मात्र स्थानीयले थाहा पाएका थिए । स्थानीय, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको सहयोगमा आगो निभाइएको थियो । मिलमा कोही नबस्ने भएकाले मानवीय क्षति भने भएन । आगो निभाउन पथरीशनिश्चरे, उर्लाबारी, कानेपोखरी र बेलबारी नगरपालिकाका दमकल प्रयोग गरिएको थियो ।

आगलागीको कारणबारे यकिन जानकारी प्राप्त नभएको प्रहरी कार्यालय पथरीले जनाएको छ ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
पशुपति क्षेत्रमा गाडी चल्न नदिनू, शव गाड्ने वैकल्पिक ठाउँ खोज्नू
पछिल्लो समाचार →
३।३४ अंकले घट्यो नेप्से, ३ अर्ब ४९ करोडको कारोबार

Leave a Comment

Your email address will not be published. Required fields are marked *