काठमाडौँ । सशस्त्र प्रहरीले बर्दियाको बढैयाताल गाउँपालिका–२ स्थित सीमा इलाकाबाट चरेशसहित एकजना महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ४५ वर्षीया आशा राई छिन् । उनको साथबाट ६ किलो चरेश बरामद गरिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता (डीएसपी) शैलेन्द्र थापाले बताए ।
दाङको लमही नगरपालिका–१ बस्ने राईलाई चरेश बोकेर भारतर्फ जाँदै गरेको अवस्थामा बीओपी फुटाहाबाट खटिएको सशस्त्रको टोलीले नियन्त्र णमा लिएको हो । १२ वटा प्याकेट बनाएर शरीरमा बाँधेको अवस्थामा उनलाई पक्राउ गरेर स्थानीय प्रहरीलाई जिम्मा लगाइएको डीएसपी थापाले जानकारी दिए ।

Leave a Comment