Latest News
Kathmandu

खेलकुद क्षेत्रमा भएका उपाधिहरूलाई शिक्षा क्षेत्रसँग जोड्नुपर्ने : सांसद सुवाल

खेलकुद क्षेत्रमा भएका उपाधिहरूलाई शिक्षा क्षेत्रसँग जोड्नुपर्ने : सांसद सुवाल

काठमाडौँ नेमकिपाका सांसद प्रेम सुवालले खेलकुद क्षेत्रमा भएका उपाधिहरूलाई शिक्षा क्षेत्रसँग जोड्नुपर्ने बताएका छन् ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा युवा तथा खेलकुद मन्त्रालय र शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमार्फत बजेट कटौतीको प्रस्ताव पेस गर्दै उनले भक्तपुरको सिद्धपोखरीको खेल मैदानमा यथावत् रूपमा खेल्न पाउनुपर्ने बताए ।

उनले भने, ‘युवालाई धूम्रपान र सुर्तीजन्य पदार्थ सेवनबाट टाढा राख्न, भक्तपुरको महेश्वरी खेलमैदानमा भवन निर्माण गर्न, भक्तपुरका जनताले पहिलेदेखि प्रयोग गर्दै आएको सिद्धपोखरीको उत्तरतर्फको खेलमैदान यथावत् राख्न, खेलकुदको उपाधिलाई शैक्षिक क्षेत्रसँग मिलान गर्न प्रस्ताव पेस गर्दछु ।’

त्यस्तै सांसद सुवालले विश्वविद्यालयमा उत्कृष्ट भएका विद्यार्थीहरूलाई उचित सुविधा दिई विद्यालय र कलेजको शिक्षणमा नियुक्ति गराई नयाँ पुस्ता निर्माण गर्नुपर्ने बताएका छन् ।

उनले भने,‘विद्यालयको पूर्वाधारका लागि प्राप्त सरकारी जग्गा भाडामा लगाएर कमिसन खाने शिक्षकहरूलाई कारबाही गर्न, विद्यालय शिक्षा अनिवार्य एवम् निःशुल्क गर्न साथै विश्वविद्यालय शिक्षा निःशुल्क गर्न प्रस्ताव पेस गर्दछु ।’

 

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
असिनाले हिर्काएर अष्ट्रियन एयरलाइन्सको विमान क्षत विक्षत
पछिल्लो समाचार →
३ लाख २० हजार पर्ने ई१ ए सिरिजको इलेक्ट्रिक स्कुटर नेपाली बजारमा

Leave a Comment

Your email address will not be published. Required fields are marked *