Latest News
Kathmandu

सबै समुदायको सांस्कृतिक पहिचानको प्रवर्द्धन गर्नुपर्ने : अध्यक्ष नेपाल

सबै समुदायको सांस्कृतिक पहिचानको प्रवर्द्धन गर्नुपर्ने : अध्यक्ष नेपाल

काठमाडौँ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय एकतालाई बलियो बनाउन सबै समुदायको सांस्कृतिक पहिचानको प्रवर्द्धन गर्नुपर्ने बताएका छन् ।

इस्लाम धर्मालम्बीको पर्व बकर इद (उल–अजहा) को अवसरमा आज शुभकामना सन्देश दिँदै अध्यक्ष नेपालले बहुजातीय, बहुभाषिक, बहुधार्मिक एवं बहुसांस्कृतिक विशेषताले भरिपूर्ण रहेको नेपाली समाजमा सबै जाति समुदायका पर्व, संस्कृतिको जगेर्नाबाट एकापसमा सद्भाव तथा भ्रातृत्व कायम भइ सामाजिक एकता अभिवृद्धि हुने उल्लेख गरे ।

“हाम्रा पहिचान निर्माणका लागि चाडपर्वको उल्लेखनीय भूमिका रहेकाले तिनको संरक्षण तथा प्रवर्द्धन गर्नुपर्छ, यिनै विविध विशेषताका कारण विश्वमा हाम्रो छुट्टै पहिचान बनेको छ”, अध्यक्ष नेपालको शुभकामना सन्देशमा उल्लेख छ ।

पारिवारिक मिलनको पर्व बकर इदका अवसरमा देश विदेशमा रहेका सम्पूर्ण नेपालीको शुख, शान्ति र प्रगतिको कामना गर्दै उनले नेपाली समाजमा विद्यमान सबै प्रकारका विभेद, विकृति र विसङ्गतीको अन्त्य गरी समतामूलक एवं सुसंस्कृत समाज निर्माण गर्नुपर्नेमा जोड दिए ।

नेपाली समाजलाई एकताबद्ध गरी एकापसमा पारस्परिक सम्मान, सह अस्तित्व, सद्भाव र एकताको भावनालाई स्थापित गर्ने विश्वास व्यक्त गर्दै अध्यक्ष नेपालले मानव सभ्यताको विकाससँगै जोडिएका सम्पूर्ण जातजातिका चाडपर्व, भाषा, साहित्य, कला र संस्कृतिले मुलुकलाई सांस्कृतिक रूपमा सम्पन्न बनाउने शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
राष्ट्रिय परिचयपत्र सेवा प्रवाहमा खटाईयो उपसचिव
पछिल्लो समाचार →
अब धौलागिरि अस्पतालमा पनि नर्सिङ पढाइ हुने

Leave a Comment

Your email address will not be published. Required fields are marked *