Latest News
Kathmandu

गुगलको म्याजिक एडिटर फिचर सामसङका फोनमा पनि

गुगलको म्याजिक एडिटर फिचर सामसङका फोनमा पनि

काठमाडौं एआईमा आधारित गुगलको म्याजिक एडिटर फिचर सामसङका फोनमा पनि आउने भएको छ । पिक्सेल ८ सार्वजनिक हुने क्रममा घोषणा गरिएको यो फिचर छिट्टै सामसङ स्मार्टफोन र पुराना पिक्सेल फोनमा उपलब्ध हुने भएको हो ।

अहिले यो फिचर पिक्सेल ८ लाइनअपमा मात्र उपलब्ध छ । गत अप्रिलमा गुगलले यो म्याजिक एडिटर फिचर अन्य एन्ड्रोइड फोनमा उपलब्ध गराउने घोषणा गरेको थियो । अब भने कम्पनीले अन्य एन्ड्रोइड फोनमा समेत उपलब्ध गराउन लागिएको बताएको छ ।

त्यस बाहेक यो फिचर गुगल फोटोज एपमा समेत उपलब्ध हुनेछ । त्यसो त १५ मेसम्म यो फिचर अन्य एन्ड्रोइड फोनमा उपलब्ध गराउने घोषणा गुगलले गरेको थियो ।नाइन टु फाइभ गुगलका अनुसार गुगल फोटोजको भर्सन ९.८५ मा यो फिचर उपलब्ध हुनेछ । यस फिचरको सहायताले फोटोमा भएको कुनै पनि वस्तु वा भाग सजिलै हटाउन सकिन्छ । त्यस्तै ब्लर हटाउन, पोट्रेट ब्लर गर्न, सिनेम्याटिक फोटो बनाउन, पोट्रेट लाइट थप गर्न र आकाशको स्वरूप परिवर्तन गर्न पनि यो फिचर प्रयोगमा आउनेछ । विभिन्न सञ्चार माध्यमले उल्लेख गरे अनुसार यो फिचर एन्ड्रोइड फोनमा निःशुल्क रूपमा प्रयोग गर्न सकिनेछ ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
अब धौलागिरि अस्पतालमा पनि नर्सिङ पढाइ हुने
पछिल्लो समाचार →
दार्जलिङमा रेल दुर्घटनामा मर्नेको सङ्ख्या १५ पुग्यो

Leave a Comment

Your email address will not be published. Required fields are marked *