काठमाडौँ मकवानपुरको राक्सिराङ गाउँपालिका–२ थुम्कीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मृत्यू हुनेमा ४५ वर्षीय वीरबहादुर प्रजा रहेका छन् । आज बिहान घरमै सुतिरहेको अवस्थामा उनलाई चट्याङ लागेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
चट्याङ लागेर घाइते भएका प्रजाको हेटौंँडा अस्पतालमा लगेपछि चिकित्सकले मृत घोषणा गरेका प्रवक्ता भण्डारीले बताए । उनका अनुसार मृतकको शव अस्पतालमा राखिएको रहेको छ । घटनाबारे थप अनुसन्धान गर्न चैनपुरबाट प्रहरी सहायक निरीक्षकको टोली राक्सिराङस्थित प्रहरी चौकी गएको स्रोतले बताएको छ ।

Leave a Comment