Latest News
Kathmandu

प्रतिनिधिसभा बैठक आज पनि बस्ने

प्रतिनिधिसभा बैठक आज पनि बस्ने

काठमाडौँ सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्ने भएको छ । बिहान ११ बजेका लागि बोलाइएको बैठकमा आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने भएका छन् ।

प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद–९ बमोजिम प्रतिनिधिसभा सदस्यहरूले सोधेका प्रश्नको जवाफ दिने कार्यक्रम रहेको संसद् सचिवालयले जनाकारी दिएको छ । बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीहरूले दिनेछन् । आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, कृषि तथा पशुपक्षी विकास मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले दिनेछन् ।

त्यस्तै सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको विनियोजन विधेयकमाथिको छलफलमा विभिन्न शीर्षकमाथि उठेका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले दिने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । 

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?
पछिल्लो समाचार →
यस्तो रहनेछ आगामी तिनदिनसम्मको मौसम

Leave a Comment

Your email address will not be published. Required fields are marked *