Latest News
Kathmandu

कांग्रेस र नेकपा एमालेबिचको सत्ता सहयात्राको सहमति चरम अवसरवाद : पमहासचिव खतिवडा

कांग्रेस र नेकपा एमालेबिचको सत्ता सहयात्राको सहमति चरम अवसरवाद : पमहासचिव खतिवडा

काठमाडौँ नेकपा (एकीकृत समाजवादी)ले नेपाली कांग्रेस र नेकपा एमालेबिचको सत्ता सहयात्राको सहमतिलाई चरम अवसरवाद भनेर टिप्पणी गरेको छ ।

सो पार्टीका प्रचार विभाग प्रमुखसमेत रहेका उपमहासचिव जगन्नाथ खतिवडाले सत्ता परिवर्तनलाई चरम अवसरवादको संज्ञा दिएका हुन् ।

सोमबार मध्यराति संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र नेकपा (एमाले) बिच भएको नयाँ सत्ता समीकरण गर्ने सम्झौता भएपछि विभाग प्रमुख खतिवडाले उक्त धारणा व्यक्त गरेका हुन् । नेकपा (एकीकृत समाजवादी) दशौँ राष्ट्रिय महाधिवेशनमा व्यस्त रहेको छ । महाधिवेशनस्थल कमलादीमा नेता खतिवडाले भने, ‘संसद्का ठुला दुई दल मिलेर सरकार बनाउनु तानाशाही प्रवृत्ति हो । बहुदलीय राजनीतिको अपचलन संस्कृति हो । मुलुकलाई अस्थिरताको चक्रव्यूहमा फसाउने काम मात्र हो ।’

खतिवडाले अगाडि भने, ‘नेपाली कांग्रेस र एमाले मिलेर सत्ता चलाउने कुरा नमिल्दो कुरा हो। यो लोकतन्त्रका निम्ति पनि खतरा हो। प्रणालीलाई कमजोर पार्ने काम भएको छ। सत्ता सम्झौतालाई लिएर संविधानको मर्मविपरीत संविधान संशोधन गर्छौँ भन्ने कुरा हामीलाई मान्ने छैन। यो अधिकार अमुक दललाई छैन।’

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
रोल्पामा जिप दुर्घटना हुदाँ मृत्यु हुनेको सङ्ख्या सात पुग्यो
पछिल्लो समाचार →
सुर्खेतमा रेबिज संक्रमित कुकुरले टोक्दा पाँच जना घाइते

Leave a Comment

Your email address will not be published. Required fields are marked *