Latest News
Kathmandu

सुर्खेतमा रेबिज संक्रमित कुकुरले टोक्दा पाँच जना घाइते

सुर्खेतमा रेबिज संक्रमित कुकुरले टोक्दा पाँच जना घाइते

काठमाडौँसुर्खेतमा रेबिज संक्रमित कुकुरले टोक्दा पाँच जना घाइते भएका छन् । सोमबार खलंगा र श्रीनगरका विभिन्न स्थानमा रेबिज संक्रमित कुकुरले टोक्दा पाँच जना घाइते भएका हुन् ।

रेबिज संक्रमित कुकुरको टोकाईबाट प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना इकाई कार्यालयका कार्यालय प्रमुख भीम पाण्डे, इलाका प्रहरी कार्यालय श्रीनगरमा कार्यरत हवल्दार भीमबहादुर खड्का, शारदा नगरपालिका–१ पटनेरीकी कमला खड्का, धर्मा खड्का र बलबहादुर हमाल घाइते भएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी तथा प्रहरी प्रवक्ता प्रहरी निरीक्षक भवानीप्रसाद धमलाले जानकारी दिए ।

घाइते भएका सबै जिल्ला अस्पताल सल्यानमा उपचारपछि घर फर्किएका छन् ।मान्छेलाई जथाभावी टोक्ने रेबिज संक्रमित कुकुरलाई प्रहरी, शारदा नगरपालिकाको पशु शाखा र स्थानीयले नियन्त्रणमा लिएर मारेका छन् ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
कांग्रेस र नेकपा एमालेबिचको सत्ता सहयात्राको सहमति चरम अवसरवाद : पमहासचिव खतिवडा
पछिल्लो समाचार →
थापाथलीको बागमती पुलमुनि भेटियो शव

Leave a Comment

Your email address will not be published. Required fields are marked *