Latest News
Kathmandu

थापाथलीको बागमती पुलमुनि भेटियो शव

थापाथलीको बागमती पुलमुनि भेटियो शव

काठमाडौं थापाथलीको बागमती पुलमुनि एक पुरुषको शव भेटिएको छ । शवको प्रकृति हेर्दा सहज मृत्युजस्तो नदेखिएको प्रहरीले बताएको छ ।

उक्त शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पठाइएको छ । अहिलेसम्म पोष्टमार्टम रिपोर्ट आइनसकेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए ।

उनका अनुसार उक्त शव नदीले बगाएर ल्याएको थियो । पुलमुनि आएर अड्किएपछि प्रहरीले निकालेको हो । अन्दाजी ३५ वर्षका पुरुषको शव फेला परेको २४ घण्टा बित्दा समेत सनाखत हुन सकेको छैन । शवको सनाखत भएपछि बल्ल थप विषयहरु खुल्ने भन्दै शव पहिचानको प्रक्रिया प्रहरीले अघि बढाएको छ ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
सुर्खेतमा रेबिज संक्रमित कुकुरले टोक्दा पाँच जना घाइते
पछिल्लो समाचार →
कांग्रेस र एमाले मिलेर मुलुकलाई ०४७ कै अवस्थामा धकेल्ने प्रयास भयो :प्रधानमन्त्री

Leave a Comment

Your email address will not be published. Required fields are marked *