Latest News
Kathmandu

कांग्रेस र एमाले मिलेर मुलुकलाई ०४७ कै अवस्थामा धकेल्ने प्रयास भयो :प्रधानमन्त्री

कांग्रेस र एमाले मिलेर मुलुकलाई ०४७ कै अवस्थामा धकेल्ने प्रयास भयो :प्रधानमन्त्री

काठमाडौँ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकलाई पश्चगमनतर्फ धकेल्न डरलाग्दो षड्यन्त्र भएको बताएका छन् । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकमा उनले कांग्रेस र एमालेले मुलुकलाई ०४७ कै अवस्थामा धकेल्ने प्रयास गरेको भन्दै त्यसको सशक्त प्रतिवाद गर्ने बताएका हुन् ।

‘संविधानलाई नै डिरेल गर्ने हिसाबले कोसिस भइराखेको छ । भ्रष्टाचारको फाइल खोलेपछि कांग्रेस–एमालेमा त्रास देखियो । माओवादी जनयुद्धले ल्याएका उपलब्धि, सङ्घीयता, समावेशी सहभागिता, संविधान उल्ट्याएर मुलुकलाई पुरानै अवस्थामा धकेल्ने षड्यन्त्र भइरहेको छ । यसको सशक्त प्रतिवाद गर्नुपर्छ’, प्रचण्डको भनाइ उदृत गर्दै उपमहासचिव हरिबोल गजुरेलले बताएका छन् ।

बैठकमा प्रचण्डले एमाले अध्यक्ष केपी ओलीले दोहोरो भूमिका खेलेकोमा पनि बताए । ओलीसँग बिहानमात्रै भेट हुँदा समेत बाहिर आएका कुरा केही नभएको भनेर ओलीले जवाफ दिएको प्रचण्डले बैठकमा ब्रिफिङ गरेका थिए ।

ओलीसँगको भेटमा राजीनामा नदिने बरु आफूले संसदमा विश्वासको मत फेस गर्ने बताएको पनि प्रचण्डले बैठकमा ब्रिफिङ गरेको गजुरेलले बताए । सोमबार राति कांग्रेस र एमाले मिलेर नयाँ सत्ता समीकरण बनाएपछि प्रचण्डले पदाधिकारीको आकस्मिक बैठक बोलाएका थिए ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
थापाथलीको बागमती पुलमुनि भेटियो शव
पछिल्लो समाचार →
स्व. गिरिजाप्रसाद कोइरालाकै कारण देशमा गणतन्त्र आएको हो : शेरबहादुर देउवा

Leave a Comment

Your email address will not be published. Required fields are marked *