Latest News
Kathmandu

मेक्सिकोमा लागूऔषध गिरोहबीच झडप हुदाँ १९ जनाको मृत्यु

मेक्सिकोमा लागूऔषध गिरोहबीच झडप हुदाँ १९ जनाको मृत्यु

काठमाडौँ मेक्सिकोको दक्षिणी राज्य चिआपासमा दुई वटा लागूऔषध गिरोहबीच भएको झडपमा कम्तीमा १९ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा चार जना ग्वाटेमालाका नागरिक हुन् ।

चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार एउटा कार्गो ट्रकभित्र १६ जनाको गोली हानी हत्या गरिएको थियो, अरू तीन जना गाडीको बाहिर मृत फेला परेका थिए । मेक्सिकोको सार्वजनिक सुरक्षा मन्त्रालयले मारिने १९ जना सबै लागूऔषध गिरोहका सदस्य रहेको बताएको छ । घटना भएको क्षेत्र ग्वाटेमालाको सीमा नजिकै पर्छ ।

प्रारम्भिक अनुसन्धानले यो झडप मेक्सिकोको सबैभन्दा शक्तिशाली सिनालोआ कार्टेल र चिपास एन्ड ग्वाटेमाला कार्टेलको बीचमा भएको जनाएको छ । यी दुई वटा समूहले सीमा क्षेत्रमा आतङ्क मच्चाउँदै आएका थिए । मेक्सिको सरकारले ग्वाटेमालासँगको देशको दक्षिणी सीमालाई सुदृढ पार्न थप १२ सय जना कर्मचारी तैनाथ गरेको छ । जहाँ दर्जनौँ तस्कर समूह सक्रिय रहेका छन् । मेक्सिकोमा सन् २००६ यता लागूऔषध तस्करसँग सम्बन्धित ४ लाख ५० हजार जनाको ज्यान गएको सरकारले जनाएको छ ।
एजेन्सी

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
राजु गिरीको निर्देशन रहेको फिल्म फिल्म ‘नम्बरी सुन’ साउनमै प्रदर्शन हुने
पछिल्लो समाचार →
हवाई टिकट उपलब्ध गराउने उद्देश्यले सेभेनस्टार सञ्चालनमा

Leave a Comment

Your email address will not be published. Required fields are marked *