Latest News
Kathmandu

राजु गिरीको निर्देशन रहेको फिल्म फिल्म ‘नम्बरी सुन’ साउनमै प्रदर्शन हुने

राजु गिरीको निर्देशन रहेको फिल्म फिल्म ‘नम्बरी सुन’ साउनमै प्रदर्शन हुने

काठमाडौँ फिल्म ‘नम्बरी सुन’ साउनमै प्रदर्शन हुने भएको छ । राजु गिरीको निर्देशन रहेको फिल्म यसअघि भदौ १ गते रिलिज हुने भनिए पनि एक साता अगाडि सर्दै साउन २५ मा आउन लागेको हो ।

निर्माण टिमले फिल्मका प्रमुख कलाकारहरू गौरव पहारी, नम्रता सापकोटा र विनोद न्यौपाने फिचर्ड नयाँ पोस्टरसँगै नयाँ प्रदर्शन मिति पनि सार्वजनिक गरेको हो ।

नारायण खातीको प्रस्तुति रहेको फिल्ममा गौरव पहारी, नम्रता सापकोटा, सरोज खनाल, राजाराम पौडेल, राजेन्द्र खड्गी, बुद्धि तामाङ, किरण नेपाली, सविन बास्तोला, विनोद न्यौपाने, गीता अधिकारीलगायतका कलाकारको अभिनय रहेको छ ।

सुवर्ण शिभान्स प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मको पटकथा तथा संवाद शिवम अधिकारीले लेखेका हुन् ।

फिल्ममा अर्जुन पोखरेल र सन्तोष श्रेष्ठको संगीत, रामजी लामिछानेको नृत्य निर्देशक, समीर मियाँको भिएफएक्स, दिव्य सुवेदीको छायांकन, देव महर्जनको द्वन्द्व निर्देशन, गौतम राज खड्काको सम्पादन छ । फिल्मलाई काठमाडौँ उपत्यकामा रिच इन्टरटेनमेन्ट र उपत्यका बाहिर एफडी कम्पनीले वितरण गर्दैछन् ।

 

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
स्व. गिरिजाप्रसाद कोइरालाकै कारण देशमा गणतन्त्र आएको हो : शेरबहादुर देउवा
पछिल्लो समाचार →
मेक्सिकोमा लागूऔषध गिरोहबीच झडप हुदाँ १९ जनाको मृत्यु

Leave a Comment

Your email address will not be published. Required fields are marked *