Latest News
Kathmandu

कसलाई जोगाउनका लागि रातारात परिवर्तन भयो, यत्ति बुझ्न सकिँदैन त : गृहमन्त्री लामिछाने

कसलाई जोगाउनका लागि रातारात परिवर्तन भयो, यत्ति बुझ्न सकिँदैन त : गृहमन्त्री लामिछाने

काठमाडौँ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले निश्चित व्यक्तिलाई जोगाउन रातारात सत्ता समीकरणमा फेरबदल हुन लागेको दाबी गरेका छन्।

मंगलबार पार्टीको पदाधिकारी बैठकपछि बोल्दै उनले आफूले भ्रष्टाचारका फाइल खोल्न थालेपछि रातारात सरकार परिवर्तन हुन प्रयत्न भएको दाबी गरेका हुन्।

उनले भ्रष्टाचारका फाइल खोले पनि एकरात पनि टिक्न नसक्ने गरी सरकार बनाउन चलखेल भएको आरोप लगाए। उनले भने, ‘अब यो रातारात जे भएको छ, केही भन्नैपर्ने छैन, सबै स्पष्ट नै छ नि। जुन ढंगले सरकार अघि बढेको छ। तपाईंहरु नै भन्नुहुन्थ्यो फाइल खोलनुपर्‍यो, फाइल यस्तो खुल्यो कि त्यो एकरात पनि टिक्न नसक्ने भयो। एकाएक संविधान जोगाउनुपर्ने चिन्ता भयो। संविधान जोगाउन खोजेको कि कसलाई जोगाउन खोजेकोरु त्यति पनि बुझ्न सक्दैन त।’

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
हवाई टिकट उपलब्ध गराउने उद्देश्यले सेभेनस्टार सञ्चालनमा
पछिल्लो समाचार →
नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक बस्दै

Leave a Comment

Your email address will not be published. Required fields are marked *