Latest News
Kathmandu

नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक बस्दै

नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौँ नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक आज बस्दै छ । बैठक बिहान ९ बजे पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बुढानीलकण्ठमा बस्नेछ ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यहरूलाई बोलाइएको छ । नेकपा एमालेसँग सोमवार राति भएको नयाँ सत्ता सहकार्यका लागि भएको सहमति अनुमोदनका लागि बैठक बस्न लागेको जनाइएको छ । कांग्रेस–एमालेबिच भएको सहमतिमा राष्ट्रिय सहमतिको सरकार बनाउने यसको नेतृत्व सुरुको डेढ वर्ष एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने र बाँकी कार्यकाल देउवाले नेतृत्व गर्ने सहमति छ ।

समसामायीक राजनीतिक घटनाक्रम र नयाँ सरकार गठन प्रक्रियाबारे पनि बैठकमा छलफल हुने बताइएको छ । 

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
कसलाई जोगाउनका लागि रातारात परिवर्तन भयो, यत्ति बुझ्न सकिँदैन त : गृहमन्त्री लामिछाने
पछिल्लो समाचार →
गृहमन्त्री लामिछानेको रिटमा आज पनि सुनुवाइ हुने

Leave a Comment

Your email address will not be published. Required fields are marked *