Latest News
Kathmandu

गृहमन्त्री लामिछानेको रिटमा आज पनि सुनुवाइ हुने

गृहमन्त्री लामिछानेको रिटमा आज पनि सुनुवाइ हुने

काठमाडौँ गृहमन्त्री रवि लामिछानेलाई निलम्बन माग गरिएको रिटमा आज पनि सुनुवाइ हुने भएको छ । मंगलवार पनि बहस नसकिएपछि यो मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो ।

दिनभर लामिछानेका कानुन व्यवसायीले बहस गरेपछि जवाफका लागि बुधवार हेर्दाहेर्दैमा राखिएको हो ।  रिट निवेदकका तर्फबाट रमण कर्णसहितका कानुन व्यवसायीले जवाफी बहस बाँकी रहेको बताइएको छ ।

अधिवक्ता अनुपम भट्टराईले गृहमन्त्री लामिछाने शेयर सदस्य रहेको गोर्खा मिडिया नेटवर्कमा विभिन्न सहकारीको अवैध रकम अपचलन गरिएको र उनको नाममा समेत ऋण लिइएकाले अनुसन्धान गर्ने निकायको नेतृत्व गर्न नमिल्ने दाबी गर्दै रिट दायर गरेका थिए । 

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक बस्दै
पछिल्लो समाचार →
बालाजु जाने सडकमा ढल फुटेर आवागन प्रभावित

Leave a Comment

Your email address will not be published. Required fields are marked *