Latest News
Kathmandu

एमालेले सरकारबाट बाहिरियो, आजै राजिनामा दिने तयारी

एमालेले सरकारबाट बाहिरियो, आजै राजिनामा दिने तयारी

काठमाडौँ  नेकपा एमालेले सरकारबाट समर्थन फिर्ता लिएको छ । एमालेले बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो ।

प्रधानमन्त्री प्रचण्डलाई आज बुधबार नै भेटेर मन्त्रीहरूले राजीनामा बुझाउने एमाले प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए । एमाले र नेपाली कांग्रेसबिच केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार बनाउने सहमति भएपछि मंगलबार बसेको एमाले सचिवालय बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुधबारसम्म राजीनामा दिन आग्रह गरेको थियो । तर प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिएपछि एमालेले समर्थन फिर्ता लिएको र मन्त्रीहरूले राजीनामा दिन लागेको प्रमुख सचेतक बर्तौलाले बताए ।

राजीनामा बुझाउनु अघि अहिले बालकोटमा एमाले अध्यक्ष ओलीले आफ्ना पार्टीका मन्त्रीसँग छलफल गरिरहेका छन् । उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ, कानुनमन्त्री पदम गिरीलगायत अन्य मन्त्रीहरू बालकोट छलफलमा छन् । कांग्रेस–एमालेबिच नयाँ गठबन्धनको सहमति भएपछि एमाले प्रचण्ड नेतृत्वको सरकारबाट बाहिरिन लागेको हो ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
भिभोले ल्यायो ‘भिभो वाई–२८’ नेपालमा
पछिल्लो समाचार →
गृहमन्त्री रवि लामिछानेको रिटमा आज पनि सुनुवाइ हुने

Leave a Comment

Your email address will not be published. Required fields are marked *