Latest News
Kathmandu

रास्वपाका मन्त्रीहरू राजीनामा दिनबाट पछि हटे

रास्वपाका मन्त्रीहरू राजीनामा दिनबाट पछि हटे

काठमाडौँ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मन्त्रीहरू राजीनामा दिनबाट ब्याक भएका छन् । बिहीबार बिहान उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र श्रममन्त्री डोलप्रसाद अर्याल प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगेका थिए ।

प्रधानमन्त्री प्रचण्डले संसद् फेस गर्ने तयारीमा रहेको भन्दै लामिछाने र अर्याललाई साथ दिन आग्रह गरेका थिए । रास्वपा संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले प्रधानमन्त्रीको संवैधानिक अधिकारलाई सम्मान गरेर राजीनामा नदिएर फर्किएको बताए ।

‘हामी सहयात्री पनि हौँ । सँगै जानु हाम्रो जिम्मेवारी पनि हो । मैले सदनलाई जवाफ दिन्छु । सदनलाई फेस गर्छु भनेपछि हामी उहाँको संवैधानिक अधिकारलाई सम्मान गर्दै राजीनामा नदिएर फर्किएका छौँ,’ उनले भने ।

रास्वपाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत लिन पनि आग्रह गरेको परियारले बताए । ‘हामीले प्रधानमन्त्रीलाई विश्वासको मत चाँडो लिनुहोस् । आफ्नो संवैधानिक अधिकार चाँडो प्रयोग गर्नुहोस् भनेर फर्कियौँ । बाँकी कुरामा हामी आन्तरिक छलफल गर्दैछौँ ।’

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
प्रतितोला १६ सय रुपैयाँले बढ्यो सुन
पछिल्लो समाचार →
काठमाडौँ जिल्लामा सबैभन्दा बढी डेंगु सङ्क्रमित

Leave a Comment

Your email address will not be published. Required fields are marked *