Latest News
Kathmandu

निर्माणाधीन लेनडाँडा सुरुङमार्ग छिचोलियो

निर्माणाधीन लेनडाँडा सुरुङमार्ग छिचोलियो

काठमाडौँ काठमाडौँ–तराईरमधेस द्रुतमार्ग सडक आयोजना अन्तर्गतको लेनडाँडा सुरुङमार्ग छिचोलिएको छ । नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना अन्तर्गत पर्ने प्याकेज नं।२ मा रहेको मकवानपुरको बकैया र गढी गाउँपालिकामा निर्माणाधीन लेनडाँडा सुरुङमार्ग बिहीबार छिचोलिएको हो ।

बकैया र गढी गाउँपालिकामा निर्माणाधीन यो मार्ग जोडी सुरुङमध्ये १ हजार ६१२ मिटर लम्बाइ रहेको निजगढबाट काठमाडौँतर्फ आउने सुरुङमार्ग हो । प्रधान सेनापति प्रभुराम शर्माले भर्चुअल माध्यम मार्फत सुरुङमार्ग छिचोल्ने कार्यक्रम अवलोकन गरेका थिए । सो अवसरमा प्रधान सेनापति शर्माले तोकिएको समयमा नै सुरुङमार्गहरु छिचोलिने क्रम रहेकोमा खुसी व्यक्त गर्दै नेपाल सरकारबाट नेपाली सेनालाई जिम्मेवारी प्राप्त यस राष्ट्रिय गौरवको आयोजना निर्माणमा खटिएका सम्पूर्ण निकाय तथा व्यक्तिहरूलाई धन्यवाद व्यक्त गरे । उनले आयोजनामा कार्यरत व्यक्तिहरूको लगनशीलता, मेहनत र कार्य दक्षताको प्रशंसा गर्दै तोकिएकै समयमा आयोजना सम्पन्न गर्न समेत निर्देशन दिए । उक्त कार्यक्रममा बलाधिकृत अशोकराज सिग्देललगायत नेपाली सेनाका रथीवृन्दको उपस्थिति रहेको थियो ।

यस्तै, गत जेठ ४ गते लेनडाँडा सुरुङमार्गको जोडी सुरुङमध्ये काठमाडौँबाट निजगढतर्फ जाने १,६३३ मिटर लम्बाइको सुरुङमार्ग र मिति जेठ ११ गते धेद्रे सुरुङमार्गको जोडी सुरुङमध्ये १ हजार ६५३ मिटर लम्बाइ रहेको निजगढबाट काठमाडौँतर्फ आउने सुरुङमार्गहरु छिचोलिएका थिए ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
१५.४६ अंकले बढ्यो नेप्से
पछिल्लो समाचार →
गायक राजेश राईको म्युजिक भिडियो माया लाउन मिल्ला कि नमिल्ला बजारमा

Leave a Comment

Your email address will not be published. Required fields are marked *