Latest News
Kathmandu

गायक राजेश राईको म्युजिक भिडियो माया लाउन मिल्ला कि नमिल्ला बजारमा

गायक राजेश राईको म्युजिक भिडियो माया लाउन मिल्ला कि नमिल्ला बजारमा

काठमाडौँ गायक राजेश राईले नयाँ म्युजिक भिडियो माया लाउन मिल्ला कि नमिल्ला ल्याएका छन् । यसअघिका आफ्ना दर्जनौं गीत दर्शक माझ ल्याएका गायक राजेशले यो पटक ‘चाइनेजो अर्थात माया लाउन मिल्ला कि नमिल्ला’ बोलको गीत सार्वजनिक गरेका हुन् ।

गीतमा दुर्लभ जन्तरेको शब्द, अनिल कोयी राईको संगीत र आशिष अविरलको संगीत संयोजन अनि ध्वनी मिश्रण रहेको छ । भिडियोलाई दुर्लभ जन्तरेले निर्देशन गरेका छन् । भिडियोमा कमल सिंह र प्रिजमा खतिवडाको निकै उत्कृष्ट अभिनय देख्न सकिन्छ । ज्ञानेन्द्र शर्माको छायाङ्कन, सन्तोष राजबाहकले सहायक निर्देशन तथा नृत्य निर्देशन गरेका छन् भने सम्पादनको काम विकाश दाहालको रहेको छ ।

 

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
निर्माणाधीन लेनडाँडा सुरुङमार्ग छिचोलियो
पछिल्लो समाचार →
सुनको मुल्यमा उच्च वृद्धि

Leave a Comment

Your email address will not be published. Required fields are marked *