Latest News
Kathmandu

मौसममा सुधार देखिएसँगै अधिकांश तरकारीको मूल्य सस्तियो

मौसममा सुधार देखिएसँगै अधिकांश तरकारीको मूल्य सस्तियो

काठमाडौं मौसममा सुधार देखिएसँगै सोमबार अधिकांश तरकारीको मूल्य सस्तिएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार सोमबार सानो गोलभेँडा, बोडी, लौका, तिते करेला, परवर, हरियो फर्सी, ब्रोकाउली लगायत धेरैजसो तरकारी भाउ घटेको छ ।

समितिका अनुसार अघिल्लो दिनको तुलनामा सोमबार सानो गोलभेडा २०, तने बोडी १३, घिउ सिमी ९, तितेकरेला ४१, लौका २६, परवर २२ प्रतिशतले घटेको छ । यस दिन कालीमाटी बजारमा ठूलो नेपाली गोलभेँडा अधिकतम प्रतिकिलो १२० रुपैयाँ छ भने सानो गोलभेँडा ५० रुपैयाँ छ ।

तने बोडीको भाउ अधिकतम प्रतिकिलो ६०, घिउ सिमी ११०, तिते करेला ६०, लौका ६०, भिण्डी ८०, कन्य च्याउ १८०, डल्ले च्याउ ३२०, कुरिलो २५०, ब्रोकाउली १२०, परवर ४०, घिरौंला ८०, लाम्चो भन्टा ७० रुपैयाँ प्रतिकिलोमा कारोबार भएको समितिले जनाएको छ । प्याज ९५ तथा रातो आलु प्रतिकिलो ६६ रुपैयाँमा कारोबार भएको छ ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
विष्णुमती नदीको गोङ्गबु जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार
पछिल्लो समाचार →
आज कतिमा हुदैँछ सुन–चाँदीको कारोबार ?

Leave a Comment

Your email address will not be published. Required fields are marked *