Latest News
Kathmandu

मण्डला थियटरमा भोलिदेखि नाटक ‘राधा’ मञ्चन हुने

मण्डला थियटरमा भोलिदेखि नाटक ‘राधा’ मञ्चन हुने

काठमाडौँ मण्डला थियटरमा भोलिदेखि नाटक ‘राधा’ मञ्चन हुने भएको छ । तुलसी परियारको निर्देशन र सुमित्रा बोगटीको लेखन रहेको नाटक ‘राधा’ मंगलबार दिउँसो २ बजेदेखि मण्डला थियटरमा मञ्चन हुन लागेको हो ।

नाटकमा परितोषिका पन्त मुख्य भूमिका देखिनेछिन् । उनले नाटक ‘राधा’ मार्फत अभिनयमा करिअरमा डेब्यु गरेकी हुन् । सामाजिक परिवेशमा आधारित रहेको नाटकमा विवाह सम्बन्धपछि महिलाले निभाउनु पर्ने भूमिकाबारे प्रस्तुत गरिएको छ ।

निर्देशक परियारका अनुसार महिलाले विवाहित सम्बन्ध जस्तो भएता पनि आफ्नो सन्तानप्रतिको कर्तव्य इमान्दारपूर्व निभाउनु पर्ने विषयबारे देखाइएको छ । उनले भने, ‘’राधा’ हाम्रो समाजमा भएको पात्र मध्येको एक हुन, जुन कहिले छोरी, कहिले आमा, त कहिले श्रीमतीको भूमिका निभाउँदा निभाउँदै त्यसैमा हराएर आफूलाई बिर्सन्छिन ।’ नाटकमा एक वर्षसम्म विद्यार्थीको रुपमा पढेका र सिकेका ज्ञानलाई व्यवहारिक रुपमा ‘ल्याब चौध’ विद्यार्थीसँग समन्वय गरी मञ्चन गर्न लागेको हो । नाटक भोलिदेखि हरेक दिन दुई पटक मञ्चन हुने उनको भनाइ छ ।

नाटक मण्डला ड्रामा स्कूलका विद्यार्थीहरुको उत्पादन र मण्डला ब्याच १४ का कलाकारहरुको संयुक्त प्रस्तुतिमा निर्माण भएको हो ।नाटकमा आर्जु खरेल, अजय कार्की , हेमन्त खड्का, कृतिका बस्नेत, मिशेल घिमिरे, नविन शाही, परितोषिका पन्त, प्रेमा गुरुङ, सर्जिका मिजार, उदित थापा, युगल श्रेष्ठ लगायतको अभिनय रहेको छ ।

नाटक १३ वर्षभन्दा माथिका उमेर समूहलाई लक्षित गरी निर्माण गरिएको हो । नाटकको टिकटदर सर्वसाधारणको लागि ५०० रुपैयाँ र विद्यार्थी तथा ज्येष्ठ नागरिकको लागि ३०० रुपैयाँ निर्धारण गरिएको छ । नाटकको उत्पादन प्रबन्धकको रुपमा आरति गौतम रहेकी छिन् ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
ऐतिहासिक धारा पुन निर्माण
पछिल्लो समाचार →
महाकाली नदीको बहावले नाघ्यो खतराको तह

Leave a Comment

Your email address will not be published. Required fields are marked *