Latest News
Kathmandu

एमालेले अर्थसहित विभिन्न ९ वटा मन्त्रालय पाउने

एमालेले अर्थसहित विभिन्न ९ वटा मन्त्रालय पाउने

काठमाडौं नेकपा (एमाले) ले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको नयाँ सरकारमा क–कसलाई मन्त्री पठाउने भन्नेबारे छलफल थालेको छ । यसअघि सचिवालय बैठकमार्फत पटक पटक सांसद भएर अवसर नपाएकालाई यसपटक अवसर दिने निर्णय भएको थियो ।

तर, कांग्रेस र एमाले दुई ठूला दल मिलेर सरकार बनाउने भएकोले परीणाम दिनसक्ने व्यक्तित्वलाई सरकारमा पठाउनुपर्ने आवाज उठेको छ । एमालेले अर्थसहित विभिन्न ९ वटा महत्वपूर्ण मन्त्रालय पाउने पक्का भएको छ । अर्थमन्त्रीमा उपाध्यक्ष विष्णु पौडेललाई नै पठाउनेगरि पार्टीभित्र छलफल थालिएको छ ।

अध्यक्ष ओलीले पनि पौडेललाई नै लैजान चाहेका छन् । पौडेल यसअघिपनि अर्थमन्त्रीको जिम्मेवारी कुशलतापूर्वक सम्हालिसकेका नेता हुन् । उनलाई अर्थमन्त्री बनाउने विषयमा हिजो (बुधबार) नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा भएको दुई दलका शीर्ष नेताहरुको भेटवार्तामा सहमति जुटेको उच्च स्रोतको दाबी छ ।

कांग्रेसले भने गृह मन्त्रालयसहित १० वटा मन्त्रालय लिने समझदारी छ । कांग्रेसबाट गृह मन्त्रालयको नेतृत्व रमेश लेखकले सम्हाल्ने पक्का भएको स्रोतले जनाएको छ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
१ वर्षपछि सेयर बजार २२०० अंक माथि
पछिल्लो समाचार →
सूचना प्रविधिलाई सर्वसाधारणले बुझ्ने गरी अगाडि बढाउनुपर्ने : सञ्चार मन्त्री शर्मा

Leave a Comment

Your email address will not be published. Required fields are marked *