Latest News
Kathmandu

सूचना प्रविधिलाई सर्वसाधारणले बुझ्ने गरी अगाडि बढाउनुपर्ने : सञ्चार मन्त्री शर्मा

सूचना प्रविधिलाई सर्वसाधारणले बुझ्ने गरी अगाडि बढाउनुपर्ने : सञ्चार मन्त्री शर्मा

मन्त्री शर्मा पाटन (ललितपुर), २७ असारः सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा नेपाल दूरसञ्चार प्राधिकरण र त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानद्वारा संयुक्त रुपमा पुल्चोकमा आज आयोजित ‘सेन्टर अफ एक्सिलेन्स फर आइसिटी रिसर्च एण्ड डेभलपमेन्ट’ उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै । तस्बिरः माधवप्रसाद घिमिरे÷रासस

काठमाडौँ सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधिलाई सर्वसाधारणले बुझ्ने गरी अगाडि बढाउनुपर्ने बताएका छिन्। नेपाल दूरसञ्चार प्राधिकरण र त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानद्वारा आयोजित ‘सेन्टर अफ एक्सिलेन्स फर आइसिटी रिसर्च एण्ड डेभलपमेन्ट’को उद्घाटन गर्दै उनले सूचना प्रविधिको वर्तमान युगमा यसको विकास नेपाली जनताले बुझ्ने र प्रयोग गर्ने भाषामा हुनुपर्छ भनिन् ।

“नेपाल सरकारले आइसिटीको महत्वलाई बुझेर विकासका लागि धेरै काम गरेको छ, यसलाई अभियानका रूपमा विकास गरिनुपर्छ, सर्वसाधारणले बुझ्ने गरी सूचना प्रविधिलाई अगाडि बढाइनुपर्छ, यस वर्षको बजेटमा पनि आर्थिक समृद्धिका पाँच रणनीतिक क्षेत्रभित्र सूचना प्रविधिलाई समेटिएको छ, १६ औँ पञ्चवर्षीय योजनामा समेत आइसिटीलाई समेटिएको छ, बजेटमा कृषि दशक र आइसिटी दशक घोषणा भएको छ । उच्च क्षमताको इन्टरनेट उपलब्ध गराएर युवालाई अनुसन्धानमा सहयोग गर्नुपर्छ”, मन्त्री शर्माले भनिन् ।

चालु आर्थिक वर्षमा सातै प्रदेशमा डिजिटल साक्षरताका कार्यक्रम राखिएको भएपनि सञ्चालन हुन नसकेको उल्लेख गर्दै मन्त्री शर्माले उक्त कार्यक्रम आगामी आर्थिक वर्षमा सञ्चालन हुने विश्वास व्यक्त गरिन्। उनले त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान देश र विदेशमा चिनिएको संस्था भएको उल्लेख गर्दै दूरसञ्चार प्राधिकरणसँगको सहकार्यमा सञ्चालित उक्त कार्यक्रम सफल पार्न संस्थानको भूमिका महत्त्वपूर्ण हुने बताईन् ।

“विश्वविद्यालयबाट तयार भएका जनशक्ति र उद्योगलाई कसरी जोड्ने भन्ने चुनौती छ, आईसिटीको विकासले बिदेसिनुपर्ने बाध्यता हट्ने छ, विश्वभर प्रतिस्पर्धा गर्न सक्छौँ, देशको सूचना प्रविधिको क्षेत्रमा नयाँ आयाम थप्ने माध्यमको रूपमा संस्थान सफल हुनेछ”, मन्त्री शर्माले भनिन् । साइवर सुरक्षाका लागि पुराना कानुनलाई संशोधन गर्ने र नयाँ कानुन निर्माण गर्ने कार्यको सुरुआत भइसकेको उनले जानकारी दिईन् । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा।डा।केशरजङ्ग बरालले आइसिटी क्षेत्रको विकासका लागि सरकार, विश्वविद्यालय र इन्जिनियरिङ अध्ययन संस्थानसँगसँगै जानुपर्नेमा जोड दिईन्। “सामाजिक र गुणस्तरीय जीवनका लागि उपयोगी हुनेगरी आइसिटी क्षेत्रको अनुसन्धान र नवप्रवर्तनमा ध्यान दिनुपर्ने छ, यसमा यो कार्यक्रम सफल हुनेछ भन्ने विश्वास छ”, उनले भनिन्।

नेपाल इन्जिनियरिङ अध्ययन संस्थानका डीन प्रा. डा. शशीधरराम जोशीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विद्यार्थीको आकर्षण बढाउन इन्जिनियरिङ अध्ययन संस्थानले सामसुङ कम्पनी, क्यानडाको आइटी कम्पनीसहित अन्य देशका आइटी कम्पनीसँग सम्झौता गरेर काम गरिरहेको बताईन् । उनले संस्थानले आइसिटी क्षेत्रमा नेपालका लागि मात्रै होइन अन्तर्राष्ट्रिय रूपमै काम गर्नसक्ने जनशक्ति उत्पादन गर्ने लक्ष्य राखेको उल्लेख गर्दै साइवर सुरक्षाका लागि दक्षिण कोरियाको विश्वविद्यालयसँग सहकार्य गरेर काम गरिरहेको बताईन् ।

क्याम्पस प्रमुख प्रा।डा।इन्द्रप्रसाद आचार्यले निरन्तर अध्ययन र अनुसन्धानका लागि दूरसञ्चार प्राधिकरणबाट सहयोग प्राप्त भएको बताईन् । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष भूपेन्द्र भण्डारीले अध्ययन अनुसन्धानबाट प्राप्त उपलब्धिले देशलाई महत्त्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले यस सहकार्यबाट नेपाल सरकारलाई डिजिटल प्रशासन सञ्चालन गर्नसमेत सहयोग पुग्ने बताईन ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
एमालेले अर्थसहित विभिन्न ९ वटा मन्त्रालय पाउने
पछिल्लो समाचार →
सिमलतालमा लेदोसहितको पहिरोले दुईवटा बस बगाउँदा त्रिशूलीमा बेपत्ता

Leave a Comment

Your email address will not be published. Required fields are marked *