काठमाडौँ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तीनवटा सुरक्षा अंगका प्रमुखलाई आफ्नो निजी निवास खुमलटारमा भेटेर सिमलताल बस दुर्घटनाबारे बुझेका छन् ।
उनले घटनापछिको खोजी कार्य र पछिल्लो अवस्थाको जानकारी लिनुका साथै, सबै उपायहरूको अबलम्बन गरि खोजी कार्यलाई अझै तीव्रता दिन निर्देशन दिएका छन् । प्रधानमन्त्री प्रचण्डले सिमलताल लगायत देशभरका दुर्घटनामा जोखिम मोलेर खोज, राहत र उद्दारमा संलग्न सुरक्षाकर्मीलाई धन्यवाद व्यक्त गरेका छन् । उक्त अवसरमा उनले सिमलताल लगायत देशका विभिन्न भागमा बाढी, पहिरो, डुबान लगायतका प्राकृतिक विपत्तिको कारण भएको जनधनको क्षतिप्रति दुख व्यक्त गरे ।
साथै, देशको राजनीतिक परिस्थिति जे जस्तो भएतापनि देशको स्थायी सरकारको रूपमा रहेको कर्मचारीतन्त्र र सुरक्षा निकायले अविचलित र अभिछिन्नरूपमा जनताको सेवामा लागि पर्न उनले आग्रह गरेका छन् ।

Leave a Comment