Latest News
Kathmandu

भोलि हुन लागेको त्रिभुवन विश्वविद्यालयको सभा स्थगित

भोलि हुन लागेको त्रिभुवन विश्वविद्यालयको सभा स्थगित

काठमाडौँ त्रिभुवन विश्वविद्यालयको सभा स्थगित भएको छ। त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्‌को बैठकले असार ३१ गतेका लागि त्रिवि सभा बोलाएको थियो । देशको राजनीतिक परिस्थितिका कारण त्रिवि सभा स्थगित गरिएको त्रिवि रजिस्ट्रारको कार्यालयले जनाएको छ।

परिषद् बैठकले त्रिवि सभा गर्न प्रस्ताव गरेकोमा प्रधानमन्त्री तथा त्रिविका कुलपतिले असार ३१ गते सभा गर्न स्वीकृति प्रदान गरेका थिए। तर, हाल पुष्पकमल दाहाल प्रचण्डले संदसबाट विश्वासको मत पाउन नसकेपछि उनी काम चलाउको हैसियतमा पुगेका छन्। राष्ट्रपति कार्यालयले आज केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्दैछन। भने उनको शपथ भोलि हुनेछ। जसका कारण त्रिवि सभा स्थगित गरिएको हो। देशको राजनीतिक परिस्थितिका कारण प्रधानमन्त्री तथा त्रिविका कुलपति एवम् सभाका अध्यक्षले उक्त बैठक स्थगित गर्न निर्देशन दिएका थिए ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
वालेटलाई उछिन्दै मोबाइल बैंकिङ, साढे ३ खर्ब बढीको कारोबार
पछिल्लो समाचार →
सिमलताल बस दुर्घटनाबारे प्रधानमन्त्रीले लिए ब्रिफिङ

Leave a Comment

Your email address will not be published. Required fields are marked *