Latest News
Kathmandu

प्रधानमन्त्री ओलीले आज सपथ ग्रहण गर्दै

प्रधानमन्त्री ओलीले आज सपथ ग्रहण गर्दै

काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले आज पद तथा गोपनीयताको शपथ लिँदै छन्। सोमबार बिहान ११ बजे शीतलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री ओलीलाई शपथ ग्रहण गराउनेछन्। राष्ट्रपति पौडेलले आइतबार अपराह्न ओलीलाई संविधानको धारा ७६र२ अनुसार प्रधानमन्त्री नियुक्त गरेका थिए।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीबाट शुक्रबार पदमुक्त भएपछि राष्ट्रपति पौडेलले शुक्रबार नै नयाँ सरकार गठन प्रक्रिया अगाडि बढाउँदै प्रधानमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका थिए। शुक्रबार राती नै एमाले अध्यक्ष ओलीले सबैभन्दा ठूलो दल कांग्रेसको समर्थनसहित प्रधानमन्त्री दाबी गरेका थिए।

राष्ट्रपतिले दिएको समयसीमा आइतबारसम्म रहेकाले ओली दाबी पेस गरेको दुई दिनपछि प्रधानमन्त्री नियुक्त भएका थिए।सोमबार ओलीको शपथसँगै अन्य मन्त्रीहरूको पनि सपथ गराउने तयारी छ।यसका लागि दलहरूबीच मन्त्रालय भागबन्डा टुंगिसकेको छ। एमालेले अर्थ, रक्षा, भौतिक, पूर्वाधार तथा यातायात र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, सञ्चार तथा सूचना प्रविधि र उद्योग, वाणिज्य तथा आपूर्ति पाएको छ।

प्रमुख सत्ता साझेदार नेपाली कांग्रेसले गृह, परराष्ट्र, ऊर्जा, जलस्रोत तथा सिँचाइ र सहरी विकास मन्त्रालय पाएको छ। त्यस्तै स्वास्थ्य तथा जनसंख्या, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, वन तथा वातावरण र कानुन, न्याय तथा संसदीय मामिला पनि कांग्रेसले पाएको छ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
कालीमाटीमा यस्तो छ आज तरकारी तथा फलफूलको मुल्य
पछिल्लो समाचार →
उपप्रधानमन्त्री सिंह र पौडेलले लिए शपथ

Leave a Comment

Your email address will not be published. Required fields are marked *