काठमाडौँ कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।
समितिका अनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम मूल्य प्रतिकिलो १३० रुपैयाँ र गोलभेँडा सानो लोकलको ४५ रुपैयाँ कायम भएको छ ।
यसैगरी आलु रातोको ७२, आलु सेतोको ५०, काउली स्थानीयको ६०, मकैबोडीको १००, लौकाको ८० रुपैयाँ कायम भएको छ । यसैगरी प्याज हरियोको १५०, केरा दर्जनको १४०, अनारको ४०० रुपैयाँ कायम हुँदा स्कुसको ८० र कुरिलोको ३०० रुपैयाँ कायम भएको छ । यसैगरी राजा च्याउको ३००, लसुन सुकेको नेपालीको २००, अदुवाको २२० रुपैयाँ कायम भएको समितिले जनाएको छ ।

Leave a Comment