Latest News
Kathmandu

सुनको मुल्य हालसम्मकै उच्च

सुनको मुल्य हालसम्मकै उच्च

काठमाडौँ स्थानीय बजारमा सोमबार सुनको भाउ १ लाख ४७ हजार रुपैयाँ नजिक पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ४६ हजार ९०० रुपैयाँ कायम भएको हो । जुन मूल्य हालसम्मकै उच्च भएको महासंघको भनाइ छ ।

अघिल्लो दिन आइतबार सुनको मूल्य तोलामा १ लाख ४६ हजार ६०० रुपैयाँ कायम भएको थियो । यस्तै चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन तोलामा १ हजार ८७५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार बढेर १ हजार ८८५ रुपैयाँ पुगेको हो।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
देशभर डेंगी संक्रमितको संख्या एक हजार ५०० नाघ्यो
पछिल्लो समाचार →
कालीमाटीमा यस्तो छ आज तरकारी तथा फलफूलको मुल्य

Leave a Comment

Your email address will not be published. Required fields are marked *