Latest News
Kathmandu

देशभर डेंगी संक्रमितको संख्या एक हजार ५०० नाघ्यो

देशभर डेंगी संक्रमितको संख्या एक हजार ५०० नाघ्यो

काठमाडौं देशभर डेंगी संक्रमितको संख्या एक हजार ५०० नाघेको छ । सन् २०२४ जनवरीदेखी जुलाई ११ सम्म एक हजार ५४४ जना संक्रमित भएका इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

ती मध्ये जुलाईका ११ दिनमा १३२ संक्रमित थपिएका हुन् । यो वर्षमा डेंगी संक्रमण ७३ जिल्लामा फैलिएको छ । जनवरीयता वाग्मती प्रदेशमा सबैभन्दा धेरै ५३८ जनामा संक्रमण देखिएको छ । जिल्लागत रूपमा काठमाडौंमा सबैभन्दा धेरै १८३ जनामा संक्रमण पुष्टि भएको ईडीसीडीले जनाएको छ । यस्तै, झापामा १२३, चितवनमा ९०, मकवानपुरमा ७०, तनहुँमा ५३, ओखलढुंगामा ५३ र डोटीमा ५० जनामा डेंगी पुष्टि भएको छ । यीबाहेक अरू जिल्लामा संक्रमितको संख्या ५० भन्दा कम छ । मुस्ताङ, डोल्पा, हुम्ला र जुम्लाबाहेक सबै जिल्लामा डेंगी देखिएको ईडीसीडीले जनाएको छ ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
५२.९७ अङ्कले बढ्यो नेप्से
पछिल्लो समाचार →
सुनको मुल्य हालसम्मकै उच्च

Leave a Comment

Your email address will not be published. Required fields are marked *