काठमाडौँ नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज पद तथा गोपनीयताको शपथ लिँदै २१ सदस्यीय मन्त्रिपरिषदको गठन गरेका छन् ।
जस अनुसार दुई जना उपप्रधानमन्त्री क्रमशस् प्रकाशमान सिंह (उपप्रधान तथा सहरी विकास) र विष्णु पौडेल (उपप्रधान तथा अर्थ) रहेका छन् । मन्त्रीहरुमा नेपाली कांग्रेसबाट १० जना रहेका छन् भने एमालेबाट ८ जना रहेका छन् ।
नेपाली कांग्रेसबाट को को ?
प्रकाशमान सिंह–उपप्रधान तथा सहरी विकास
रमेश लेखक– गृह
आरजु राणा– परराष्ट्र
तेजुलाल चौधरी- युवा तथा खेलकुद
अजयकुमार चौरसिया- कानुन, न्याय तथा संसदीय मामिला
दीपक खड्का- ऊर्जा
ऐनबहादुर शाही- वन तथा वातावरण
प्रदीप पौडेल- स्वास्थ्य तथा जनसंख्या
बद्रीप्रसाद पाण्डे- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
रामनाथ अधिकारी- कृषि तथा पशुपन्छी
एमालेबाट
विष्णु पौडेल- उपप्रधान तथा अर्थ
पृथ्वीसुब्बा गुरुङ- सञ्चार तथा सूचना प्रविधि
राजकुमार गुप्ता- संघीय मामिला तथा सामान्य प्रशासन
विद्या भट्टराई- शिक्षा, विज्ञान तथा प्रविधि
देवेन्द्र दाहाल- भौतिक पूर्वाधार तथा यातायात
बलराम अधिकारी- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण
दामोदार भण्डारी-उद्योग, वाणिज्य तथा आपूर्ति
मानवीर राई-रक्षा
जसपा
प्रदीप यादव-खानेपानी
नवलकिशोर साह सुडी- महिला, बालबालिका तथा ज्येष्ठ नागरिक
लोसपा
शरतसिंह भण्डारी- श्रम, रोजगार तथा सामाजिक सुरक्षा ।
आइतबार प्रधानमन्त्रीमा नियुक्त ओलीलाई राष्ट्रपति रामचन्द्र पौडेलले आज शीतल निवासमा शपथग्रहण गराएका हुन् । एमाले अध्यक्ष ओलीलाई राष्ट्रपतिले नेपालको संविधानको धारा ७६ को उपधारा ९२० बमोजिम प्रधानमन्त्रीमा नियुक्त गरेका थिए ।

Leave a Comment