काठमाडौं साताको कारोबारको दोस्रो दिन आज सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले घटेर बन्द भएको छ । आज नेप्से १७.१८ अंकले घटेर दुई हजार दुई सय दशमलब ४० दशमलब ४१ विन्दुमा बन्द भएको हो ।
नेप्सेमा आज ८ अर्ब ७३ करोड १४ लाख ३६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये ५६ वटाको बढेको छ भने १८४ वटा कम्पनीको शेयरमूल्य घटेको छ । बाँकी २ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
नेप्सेका अनुसार चार कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । जसमा मैलुङखोला जलविद्युत कम्पनी लिमिटेडको शेयरमूल्यमा सिभिल बैंक डिभेञ्चर २०८८, माण्डू हाइड्रोपावर लिमिटेड, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ र नबिल ग्रोथ फण्ड रहेका छन् । आज जानकी फाइनान्स कम्पनीको शेयरमूल्यमा उच्च गिरावट आएको छ । यस कम्पनीको शेयरमूल्य आज १० प्रतिशतले घटेको छ । सबैभन्दा बढि अप्पर तामाकोशी हाइड्रोपावर लिमिटेडको ३७ करोड ८ लाख बराबरको कारोबार भएको छ ।

Leave a Comment