Latest News
Kathmandu

अर्थतन्त्रमा देखिएको निराशा चिर्ने र आशा जगाउने काममा केन्द्रीत हुने : अर्थमन्त्री

अर्थतन्त्रमा देखिएको निराशा चिर्ने र आशा जगाउने काममा केन्द्रीत हुने : अर्थमन्त्री

काठमाडौँ नवनियुक्त उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले अर्थतन्त्रमा देखिएको निराशा चिर्ने र आशा जगाउने काममा केन्द्रीत हुने बताएका छन् ।

सोमबार पदभार ग्रहणपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै अर्थमन्त्री पौडेलले विकास विकास र वित्तका विषयमा केन्द्रित भएर अघि बढ्ने सोच लिएको बताए । ‘निजी क्षेत्रका समस्या सुन्नेछौँ । उत्पादन, रोजगारी र आर्थिक वृद्धिमा जोड दिइनेछ । सरकारको सोच कार्यान्वयन गर्न बजेट बाधक बन्दैन’, पौडेलको भनाइ छ । सरकारले अर्थतन्त्रका सबै समस्यालाई गहिरो तरिकाले अध्ययन गर्ने र सेयर बजारलाई अर्थतन्त्रको ऐनाको रूपमा बुझ्ने उनको मन्त्री पौडेलको भनाइ छ ।

‘सेयर बजारलाई अर्थतन्त्रको ऐनाको रूपमा बुझ्छौँ। कतिपय अवस्थामा जुवाघर भनेर पनि टिप्पणी हुने गरेको छ । हामीले यसलाई अर्थतन्त्रको ऐनाको रुपमै बुझेका छौँ,’ अर्थमन्त्रीले पौडेलले भने, ‘हामी अर्थतन्त्रका सबै खाले समस्यालाई गहिरो तरिकाले अध्ययन गर्छौ ।’ उनले सहयोग र सहजीकरणको भूमिकामा सरकार रहेको भन्दै समस्या सुन्ने र समाधान गर्न थालेपछि निजी क्षेत्रको आत्मविश्वास बढ्ने बताए ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
सेयर बजारमा दोहारो अंकको गिरावट
पछिल्लो समाचार →
चीनको कुल गार्हस्थ उत्पादनमा वृद्धि

Leave a Comment

Your email address will not be published. Required fields are marked *