Latest News
Kathmandu

चीनको कुल गार्हस्थ उत्पादनमा वृद्धि

चीनको कुल गार्हस्थ उत्पादनमा वृद्धि

काठमाडौँ चीनको कुल गार्हस्थ उत्पादन (जिडिपी) सन् २०२४ को पहिलो अर्धवार्षिकमा पाँच प्रतिशतले वृद्धि भएको सोमबार सार्वजनिक राष्ट्रिय तथ्याङ्क ब्यूरो (एनबीएस) को तथ्याङ्कले देखाएको छ ।

चीनको जिडिपी पहिलो अर्धवार्षिक अवधिमा ६१.६८ ट्रिलियन युआन अर्थात् करिब ८.६५ ट्रिलियन अमेरिकी डलर पुगेको एनबीएसको तथ्याङ्कले देखाएको छ । एनबीएसका अनुसार दोस्रो त्रैमासिकमा, देशको जीडीपी वार्षिक ४.७ प्रतिशतले बढेको छ । समग्रमा, राष्ट्रिय अर्थतन्त्र पहिलो अर्धवार्षिकमा स्थिर रहेकोजनाउँदै नीतिगत प्रोत्साहन, बाह्य मागमा पुनरुत्थान र नयाँ गुणस्तरको उत्पादक शक्तिको विकासलाई उद्धृत गर्दै विज्ञप्तिमा उल्लेख गरेको छ ।

एनबीएसका अनुसार दोस्रो उद्योगले पहिलो अर्धवार्षिकमा वर्षमा ५.८ प्रतिशत प्राथमिक उद्योगमा ३.५ प्रतिशत र सेवा क्षेत्रमा ४.६ प्रतिशतले वृद्धि भएको छ । दोस्रो त्रैमासिकमा भने चीनको अर्थतन्त्र ०.७ प्रतिशतले बढेको छ ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
अर्थतन्त्रमा देखिएको निराशा चिर्ने र आशा जगाउने काममा केन्द्रीत हुने : अर्थमन्त्री
पछिल्लो समाचार →
कति पुग्यो आज विदेशी मुद्राको विनिमय दर ?

Leave a Comment

Your email address will not be published. Required fields are marked *