काठमाडौं नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार आज अमेरिकी डलर, रियाल र दिराम बढेको छ । आज अमेरिकी डलर १ को खरिद दर १३३.४६ रुपियाँ र बिक्री १३४.०६ रुपियाँ रहेकामा हिजो खरिद १३३।३६ रुपियँ र बिक्री १३३.९६ रुपियाँ थियो ।
त्यसैगरी अघिल्लो दिन साउदी रियाल १ को खरिद दर ३५.५६ रुपियाँ र बिक्री दर ३५.७२ रुपियाँ तोकिएको थियो, जुन आज खरिद ३५.५८ रुपियाँ र बिक्री ३६.७६ रुपियाँ निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ । त्यसैगरी, यसदिन यूएई दिराम १ को खरिद मूल्य ३६.३४ रुपियाँ र बिक्री मूल्य ३६.५० रुपियाँ रहेको छ । अघिल्लो दिन भने खरिद ३६.३१ रुपियाँ र बिक्री ३६.४७ रुपियाँ थियो ।

Leave a Comment