Latest News
Kathmandu

सुनको मुल्यमा वृद्धि

सुनको मुल्यमा वृद्धि

काठमाडौँ स्थानीय बजारमा सुनको मूल्य प्रतितोला नौ सय रुपैयाँले वृद्धि भएको छ । आजको वृद्धिपछि सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको हो ।

सोमबार प्रतितोला एक लाख ४६ हजार नौ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आजका लागि एक लाख ४७ हजार आठ सय रुपैयाँ निर्धारण भएको छ । यस्तै, सोमबार प्रतितोला एक लाख ४६ हजार दुई सय रुपैयाँमा कारोबार भएको तेजाबी सुन आजका लागि भने एक लाख ४७ हजार एक सय रुपैयाँ निर्धारण भएको छ ।

त्यस्तै, चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ । सोमबार प्रतितोला एक हजार आठ सय ८५ रुपैयाँमा कारोबार भएको चाँदी आजका लागि भने एक हजार आठ सय ७५ रुपैयाँ निर्धारण भएको छ ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
कति पुग्यो आज विदेशी मुद्राको विनिमय दर ?
पछिल्लो समाचार →
सरकारले उठायो आर्थिक वर्ष २०८०/८१मा १४ खर्ब मात्र राजस्व

Leave a Comment

Your email address will not be published. Required fields are marked *