Latest News
Kathmandu

सरकारले उठायो आर्थिक वर्ष २०८०/८१मा १४ खर्ब मात्र राजस्व

सरकारले उठायो आर्थिक वर्ष २०८०/८१मा १४ खर्ब मात्र राजस्व

काठमाडौँ सरकारले आर्थिक वर्ष २०८०/८१मा १४ खर्ब २२ अर्ब ५४ करोड १७ लाख रुपैयाँ राजस्व उठाउने लक्ष्य लिएकोमा करिब ७५ प्रतिशत अर्थात् १० खर्ब ७५ अर्ब रुपैयाँ बराबर राजस्व उठेको छ ।

तत्कालीन अर्थमन्त्री वर्षमान पुनले बजेट खर्च १५ खर्ब ३० अर्ब हुने र १२ खर्ब ५३ अर्ब रुपैयाँ बराबर राजस्व सङ्कलन हुने अनुमान गरेका थिए । तर उनको अनुमान असफल भएको तथ्याङ्कले देखाएको छ । अर्थतन्त्रमा आएको सङ्कुचन, महँगी बढ्नु र आयात घट्नुलगायत कारण राजस्व कम उठेको सरकारको दाबी छ । महालेखाको तथ्याङ्कअनुसार सरकारले करिब ११ खर्ब रुपैयाँ आम्दानी गरेको छ । जुन खर्चभन्दा तीन खर्ब रुपैयाँ कम हो ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
सुनको मुल्यमा वृद्धि
पछिल्लो समाचार →
चितवनबाट वीरगन्ज जाँदै गरेको बस दुर्घटना

Leave a Comment

Your email address will not be published. Required fields are marked *