Latest News
Kathmandu

कर्मचारी पदपूर्ति गर्न लोक सेवा आयोगको वार्षिक कार्य तालिका सार्वजनिक

कर्मचारी पदपूर्ति गर्न लोक सेवा आयोगको वार्षिक कार्य तालिका सार्वजनिक

काठमाडौँ लोक सेवा आयोगले सरकार कर्मचारी पदपूर्ति गर्न आर्थिक वर्ष २०८१र०८२ को वार्षिक कार्य तालिका सार्वजनिक गरेको छ । आयोगले सूचना जारी गर्दै विभिन्न सेवा र समूहको पदपूर्तिका लागि बुधबार सूचना निकालेर कार्य तालिका सार्वजनिक गरेको हो ।

जसमा निजामती कर्मचारीदेखि, नेपाली सेना, नेपाल प्रहरी,सशस्त्र प्रहरी,राष्ट्रिय अनुसन्धान विभाग र सङ्गठित संस्थाहरूको कार्य तालिका समेटिएको छ । जारी सूचनामा राजपत्राङ्कित विशिष्ट श्रेणी ९सचिव० पदको आवश्यकताअनुसार बढुवा गरिने उल्लेख छ ।

त्यस्तै विशिष्ट प्रथम श्रेणी (प्राविधिक र अप्राविधिक तथा अधिकृत प्रथम) सहसचिवको बढुवा आगामी भदौ असोज महिनामा प्रतिशत र सङ्ख्या निर्धारण गरेर त्यसको विज्ञापन सूचना असोज महिनाको अन्तिम बुधवार प्रकाशित गर्ने जनाएको छ । जसको परीक्षा पुस माघ र लिखित परीक्षा फागुन चैत र अन्तरवार्ता चैत वैशाखमा गर्ने आयोगले जनाएको छ ।

राजपत्राङ्कित द्धितिय श्रेणीको कति सङ्ख्यामा खुलाउने भन्ने असोजभित्र निर्धारण गरेर असोज अन्तिममा सूचना प्रकाशित गर्ने र पुस माघमा परीक्षा लिएर वैशाखमा अन्तरवार्ताको कार्य तालिका सार्वजनिक भएको छ ।

त्यस्तै स्वास्थ्य सेवा ११ औ र नवौँ तह विज्ञापन सूचना प्रकाशन, परीक्षा सञ्चालन र अन्तरवार्ता भदौदेखि वैशाखसम्मको समय तालिका छ । निजामतीतर्फ विशिष्ट श्रेणीदेखि चौथो तहसम्मको नियुक्तिका लागि विज्ञापन गर्ने आयोगको तालिका छ ।

त्यस्तै नेपाल प्रहरीको प्रहरी जवान (प्राविधिक) देखि प्रहरी निरीक्षक र सशस्त्र प्रहरीको खुलातर्फ जवानदेखि प्रहरी उपरीक्षक (एसपी) प्राविधिक सम्मको कार्य तालिका भदौबाट सुरु गरेर तहअनुसार आगामी जेठभित्र आयोगले अन्तरवार्ताको समय निर्धारण गरेको छ । राष्ट्रिय अनुसन्धानको सहायक सूचकदेखि अनुसन्धान सहायक र अधिकृत सम्म खुलाउने भएको छ ।

त्यसबाहेक सङ्गठित संस्थातर्फ औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड,नेपाल आयल निगम, धितोपत्र बोर्ड, नेपाल राष्ट्र बैंक, व्यापार निकासी प्रवर्द्धन केन्द्र,सांस्कृतिक संस्थान, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, विद्युत् प्राधिकरण, सामाजिक सुरक्षा कोष गुठी संस्थान लगायतको पनि कहिले र कति सङ्ख्यामा सूचना प्रकाशन, परीक्षा र लिखित परीक्षा गर्ने भन्ने आयोगको सूचनामा उल्लेख छ ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
सुनको मुल्यले तोड्यो रेकर्ड
पछिल्लो समाचार →
एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल कतार प्रस्थान

Leave a Comment

Your email address will not be published. Required fields are marked *