Latest News
Kathmandu

सुनको मुल्यले तोड्यो रेकर्ड

सुनको मुल्यले तोड्यो रेकर्ड

काठमाडौं साउन महिनाको दोस्रो दिन नेपाली बजारमा बुधबार सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा २ हजार रूपैयाँले बढेको छ। मंगलबार प्रतितोला १ लाख ४७ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज २ हजार रूपैयाँले बढेर १ लाख ४९ हजार ८ सय रूपैयाँमा कारोवार भैइरहेको छ।

त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४९ हजार १ सय रूपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ। मंगलबार तोलामा १ हजार ८ सय ७५ रूपैयाँमा कारोबार भएको चाँदी आज २० रूपैयाँले बढेर १ हजार ८ सय ९५ रूपैयाँमा कारोबार भइरहेको छ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
राष्ट्रिय हृदय केन्द्रलाई पाँच सय शय्यामा विस्तार गर्ने योजना छ : स्वास्थ्यमन्त्री
पछिल्लो समाचार →
कर्मचारी पदपूर्ति गर्न लोक सेवा आयोगको वार्षिक कार्य तालिका सार्वजनिक

Leave a Comment

Your email address will not be published. Required fields are marked *