Latest News
Kathmandu

मुगुका युवा रोजगारीका लागि भारत र ठूला सहरतिर पलायन

मुगुका युवा रोजगारीका लागि भारत र ठूला सहरतिर पलायन

मुगु ।यतिबेला मुगुका अधिकांश युवाहरु रोजीरोटी एवम जीवन निर्वाहका लागि नेपालका ठूला शहर र भारततिर लागेका छन् । गाउँमा रोजगारीका अवसरहरु नभएपछि उनीहरु ठूला शहर र भारततपफर्् गएका हुन् ।
‘गाउँमा उत्पादन गरेको खेतीलेपरिवारको जीवन निर्वाह गर्न ६ महिना पनि नपुग्ने, बर्षेनी बाली लगाउनलाई सिँचाइ सुविधा नहुने साथै अन्य आय स्रोत नहुँदा उनीहरुले गाउँ छाडेका हुन् । स्थानीय सरकारले पनि रोजगारमूखी कार्यत्रफ्महरु नल्याउँदा युवा पलायन हुँदा गाउँमा जन्ती–मलामीको अभाव हुने गरेको स्थानीइ बताउँछन् ।


जिल्लाका सोरुगाँउपालिका अन्तरगत धैन,कालै,भिई,नार्थर्पु,पफेतु,लिब्रु,कर्च्चे,रुम, ख्याल्च,बुम्च,सिरुपटा,खत्याड गाँउपालिकाको अमाले,लुमेरा,सेरी,जाम,जुम्पफ्,ैगम्था,कोटडाडा,रासकोटीवाडा, ह्रयाङ्गलु जस्ता गाउँहरु साथै छायानाथ रारा नगरपालिका अन्तरगत रुगा,रोवा,पिना,कार्कीवाडा,ढुम,बाम,मुन्दर कोटीला थार्प,तिर्थलगाउत पाँच दर्जन गाउँका युवाहरु पलायन भएका हुन् ।


सोरुगाँउपालिका–९ कि असौजी नेपाली भन्छिन्,‘गाउँ यतिबेला युवाविहीन छ । कोही विरामी परिहाले स्वास्थ्य केन्द्र पुर्याउने, विवाह–ब्रतबन्धमा सघाउने र कोही मृत्यु हुँदा मलामी जाने मान्छेको अभाव छ ।’
स्थानीय सरकारले पनि रोजगारमूलक काम नल्याउने र राम्रा कार्यत्रफ्महरुमा आपफ््ना नातागोताले अवसर पाउने गरेको उनले गुनासो गरिन् ।


मुगुमा एक नगरपालिका र तीन गाउँपालिकाले युवा लक्षित कार्यत्रफ्महरु ल्याएको दावी गरेका छन् । यहाँ अधिकास युवाहरु भारतका बिभिन्न शहरलगायत नेपालका काठमाडौ, धरान,बुटवल,चितवन,नेपालगंन्ज, भैरहवालगायतका शहरमा युवाहरु मजदुरी र व्यापार गर्न जाने गरेका छन् ।


स्थानीय सरकारका आयोजना वा रोजगारमूलक कार्यत्रफ्महरुमा आपफ्हूरुको पहुँच नपुगेकाले भारतमा गएर मजदुरी गर्न बाध्य भएको सोरु गाँउपालिका–९का जाडनाथ योगीको भनाइ छ ।


तर सोरुगाउँपालिकाले युवाहरुलाई गाउँमै रोजगारी दिलाउने उद्देश्यले उपाध्यक्ष कोषमापफर््त विभिन्न कार्यत्रफ्महरु ल्याएको दावी गरेको छ । युवा पलायन रोक्न भावी दिनमा अभफ् प्रभावकारी कार्यत्रफ्म ल्याउने गाउँपालिका उपाध्यक्ष केशरजंग शाही बताउँछन् ।

📤 Share this story:
The Sg Gallery

The Sg Gallery

Staff Reporter

← अगिल्लो समाचार
दुई करोड बढी लागतमा ‘मध्यपुर महोत्सव’ हुँदै
पछिल्लो समाचार →
मुगुमा याक तथा चौरीहरु अज्ञात रोगबाट मर्दै : सम्बन्धित निकायको ध्यान नगएको स्थानियको गुनासो

Leave a Comment

Your email address will not be published. Required fields are marked *