Latest News
Kathmandu

काठमाडौं आइपुगे भारतका चर्चित गायक सोनु निगम

काठमाडौं आइपुगे भारतका चर्चित गायक सोनु निगम

काठमाडौं । भारतका चर्चित गायक सोनु निगम बुधबार नेपाल आइपुगेका छन् ।

क्रिसमस अवसरमा आज बेलुका आयोजना हुने कन्सर्टमा सांगीतक प्रस्तुति दिनसोनु निगम अपरान्ह् काठमाडौं आइपुगेका हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई आयोजक नेपाल टचका पदाधिकारीले स्वागत गरे ।

प्रशस्तै हिट नेपाली पनि गाइसकेका निगमले बेलुका हायात रिजेन्सीको मैदानमा हुने कन्सर्टमा प्रस्तुति दिनेछन् । उनले ३ घण्टा आफ्ना हिट गीतमार्फत दर्शकलाई मनोरञ्जन दिने आयोजकले जनाएको छ ।

 

झण्डै १० हजार दर्शक निगमको कन्सर्टमा सहभागि हुने अपेक्षा गरिएको छ । उनले फिल्म ‘सिमाना’को चर्चित गीत ‘उकाली ओराली गर्दै’ लगायतका आधादर्जन नेपाली गीत पनि गाउनेछन् ।

निगम बिहीबार बेलुका भारत फर्किने तयारी छ । त्यसअघि उनले पशुपतिनाथ दर्शन र पर्वतीय उडान भर्नेछन् ।

गायक निगमले स्वर दिएको ‘यो जिन्दगीले’, ‘उकाली ओराली गर्दै’, ‘फुलको डाली डालीमा’, ‘यो मायाले हेरन’ लगायत गीत नेपालीमाझ लोकप्रिय छन् ।

यस्तै, हिन्दी भाषामा ‘मेरे ढोलाना सुन’, ‘कल होना हो’, ‘साथिया’, ‘पापा मेरी जान’, ‘अभि मुझ मे कही’ लगायत गीत लोकप्रिय छन् ।

📤 Share this story:
The Sg Gallery

The Sg Gallery

Staff Reporter

← अगिल्लो समाचार
बाइबलमा येशू ख्रिस्टको जन्म मितिबारे कुनै निश्चित तारिख कहीँकतै लिपिबद्ध भएको छैन। तर पनि केही इतिहासकार तथा सम्बन्धित संस्थाहरूले यसै विषयलाई लिएर आ–आफ्नो धारणा राख्ने गरेका छन् । हामीले यसमा विवाद गर्नु हुँदैन् ।
पछिल्लो समाचार →
विशेषगरी जाडोमा स्किन केयर एकदमै आवश्यक छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *