Latest News
Kathmandu

नेप्से परिसूचक ४.१९ अंकले बढ्यो

नेप्से परिसूचक ४.१९ अंकले बढ्यो

काठमाडौं । सेयर बजारको मापक नेप्से परिसूचक आज(विहीबार)४.१९ अंकले वृद्धि भएको छ। नेप्से शून्य दशमलव १५ प्रतिशतले बढेर २,६३०.७१ विन्दुमा बन्द भएको छ।

विहीबारकुल ७० कम्पनीको सेयर मूल्य बढेको छ भने १६३ कम्पनीको सेयर मूल्य घटेको छ। यस्तै, ९ कम्पनीको मूल्य स्थिर रह्यो।आज सेयर बजारमा ६१ हजार ८३९ पटकको किनबेचबाट पाँच अर्ब ३२ करोड ९२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। कुल २ करोड ९ लाख ७८ हजार ९७९ कित्ता सेयर किनबेच भएका छन्।

सेयर बजारका १३ उपसमूहमध्ये आज चार उपसमूहमा वृद्धि भएको छ। बैकिङ, इन्भेष्टमेन्ट, लघुवित्त, र व्यापार उपसमूह बढेका छन्।यस्तै, विकास बैंक, होटल तथा पर्यटन, हाइड्रोपावर, निर्जीवन बिमा लगायतका उपसमूह भने घटेका छन्।

📤 Share this story:
The Sg Gallery

The Sg Gallery

Staff Reporter

← अगिल्लो समाचार
भारतीय पूर्वप्रधानमन्त्री डा.मनमोहन सिंहको निधन
पछिल्लो समाचार →
सहकारी पीडितलाई राहत र दोषीलाई कानूनको दायरामा ल्याइन्छ : उपप्रधानमन्त्री सिंह

Leave a Comment

Your email address will not be published. Required fields are marked *