Latest News
Kathmandu

देववाणी’मा मिटरव्याजीका पीडा: अभिनेता र अभिनेत्री प्रचारमा व्यस्त

देववाणी’मा मिटरव्याजीका पीडा: अभिनेता र अभिनेत्री प्रचारमा व्यस्त

भारतीय अभिनेता कुन्दन भारद्वाज भन्छन्: ‘नेपाल मेरो मनको घर हो’
‘देववाणी’मा भारतीय अभिनेता र नेपाली अभिनेत्रीको एक्सन एवं लभ स्टोरी

आकांक्षा धामी / नेपाल न्यूज बैंक

काठमाडौं। बुधबारदेखि देशभरका हलमा चलचित्र ‘देववाणी’ प्रदर्शनमा आएको छ। क्रिसमसको अवसर पारेर चलचित्र ‘देववाणी’ प्रदर्शन गरिएको हो।
फिल्मको प्रचारप्रसारका लागि भारतीय अभिनेता कुन्दन भारद्वाज र अभिनेत्री अनुजा लेप्चा काठमाडौं आइपुगेका छन्।

बाबु साहेब बलामी निर्देशित फिल्म ‘देववाणी’को टिम प्रचारमा व्यस्त छ। पुष १० गतेदेखि हलमा लागेको यस चलचित्रको प्रचारका लागि अभिनेत्री लेप्चा र अभिनेता भारद्वाजलाई निर्माण युनिटले विशेष रूपमा प्रचार-प्रसारमा लगाएको छ।

अभिनेता भारद्वाजले नेपाल आफ्नो मनपर्ने देश भएकोले नेपाली फिल्ममा अभिनय गरेको बताएका छन्। उनले नेपाल न्यूज बैंकसँगको विशेष कुराकानीमा भने, “नेपाल मेरो मनको घर हो। नेपाली मान्छे भगवानसरह सरल र उदार छन्। म यो फिल्ममा दर्शकको साथ पाउँदा निकै खुशी छु।”

एक्सन र रोमान्सको पूर्ण प्याकेज

भारद्वाजले फिल्म ‘देववाणी’मा आफू “देव” नामक पात्रको भूमिकामा रहेको जानकारी दिए। “यो फिल्म एक्सन र रोमान्सको मिश्रण हो, जहाँ सामाजिक सन्देश पनि समावेश छ। फिल्ममा मेरो भूमिका निकै चुनौतीपूर्ण भए पनि दर्शकले मन पराउनुहुने विश्वास छ,” उनले भने।

अभिनेत्री अनुजा लेप्चाको नयाँ अनुभव

अभिनेत्री अनुजा लेप्चाले आफ्नो भूमिका गाउँकी सोझी युवतीको रहेको र यसलाई जीवन्त बनाउन मेहनत गरेको बताइन्। “गाउँको केटीको भूमिका निभाउँदा सुरुवाती चरणमा गाह्रो भयो। तर, गाउँबाटै आएको अनुभवले यो भूमिका सहज बनायो,” उनले भनिन्।

दुई देशको रिलिज र भाषाको चुनौती

फिल्म ‘देववाणी’ नेपाली र हिन्दी दुवै भाषामा निर्माण गरिएको छ। भारत र नेपालमा एउटै मितिमा रिलिज गर्ने योजना भए पनि विविध कारणले यो सम्भव नभएको अभिनेत्रीले बताइन्। उनले हिन्दी संवाद बोल्दा सुरुमै केही कठिनाइ भए पनि अभिनेता भारद्वाजले धेरै सहयोग गरेको उल्लेख गरिन्।

चर्चित कलाकारको सहभागिता

चलचित्रमा अभिनेता कुन्दन भारद्वाज र अनुजा लेप्चाको डेब्यु भएको छ। अन्य कलाकारमा सुनिल थापा, ध्रुव कोइराला, घनश्याम गिरी, रबिन्द्र भट्टराईलगायतको भूमिका रहेको छ। फिल्म सिमरा, वीरगञ्ज र काठमाडौंका विभिन्न स्थानमा छायांकन गरिएको हो।

प्राविधिक टोली र निर्माण

फिल्म मौसम फिल्म्स प्रोडक्सन हाउस र अनुजा इन्टरटेनमेन्टको सहकार्यमा निर्माण गरिएको हो। कथा निराजन मेहता मञ्जिलले लेखेका हुन्। छायांकन हरिबहादुर घले, द्वन्द्व निर्देशन श्री श्रेष्ठ, र सम्पादन बन्दे प्रसादले गरेका छन्।

📤 Share this story:
The Sg Gallery

The Sg Gallery

Staff Reporter

← अगिल्लो समाचार
एजेन्सी। साइबर आक्रमणबाट प्रभावित जापान एयरलाइन्सका सेवाहरू क्रमशः लयमा फर्कन थालेका छन्।
पछिल्लो समाचार →
नामीले ११ दिने एआई स्कुल सञ्चालन गर्ने

Leave a Comment

Your email address will not be published. Required fields are marked *