Latest News
Kathmandu

एजेन्सी। साइबर आक्रमणबाट प्रभावित जापान एयरलाइन्सका सेवाहरू क्रमशः लयमा फर्कन थालेका छन्।

एजेन्सी। साइबर आक्रमणबाट प्रभावित जापान एयरलाइन्सका सेवाहरू क्रमशः लयमा फर्कन थालेका छन्।

बिहीबार साइबर आक्रमणको रिपोर्ट सार्वजनिक भएपछि घरेलु र अन्तर्राष्ट्रिय उडानहरूमा ढिलाइ भएको थियो।

तर पछि उक्त समस्या पत्ता लगाएर समाधान गरिएको एयरलाइन्सले जनाएको छ। जापान एयरलाइन्स (जेएएल) अल निप्पन एयरवेज (एएनए) पछिको देशको दोस्रो ठूलो एयरलाइन्स हो।

एयरलाइन्सको ब्यागेज चेक–इन प्रणालीमा देखिएको समस्याका कारण धेरै जापानी विमानस्थलमा एक दर्जनभन्दा बढी उडानमा ढिलाइ भएका थिए। तर कुनै पनि उडान रद्द वा अवरोध नभएको बताइएको छ।

‘हामीले समस्याको कारण पत्ता लगायौं र समाधान गर्यौं। प्रणाली पुनःस्थापना भएपछिको स्थितिको पनि जाँच गरिरहेका छौं,’ जेएएलले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा एक पोस्टमार्फत भन्यो, ‘आज प्रस्थान गर्ने दुवै घरेलु र अन्तर्राष्ट्रिय उडान स्थगित गरिएको छैन। कुनै पनि असुविधाका लागि हामी माफी चाहन्छौं।’

टोकियोको हानेडा एयरपोर्टमा धेरै उडान ढिलाइ वा पुनः तालिकाबद्ध भएका थिए। यात्रुहरूले वाहकको नेटवर्क प्रणालीमा भएको अचानक खराबीले उनीहरूलाई स्तब्ध बनाएको बताए।

साइबर आक्रमणको खबर बाहिरिएपछि बिहीबार कम्पनीको शेयर मूल्य घटेको थियो। उडान अवरोधले जापानभर मेल र पार्सल डेलिभरीमा पनि ढिलाइ गराएको छ।

(सीसीटीभी प्लस)

📤 Share this story:
The Sg Gallery

The Sg Gallery

Staff Reporter

← अगिल्लो समाचार
सहकारी पीडितलाई राहत र दोषीलाई कानूनको दायरामा ल्याइन्छ : उपप्रधानमन्त्री सिंह
पछिल्लो समाचार →
देववाणी’मा मिटरव्याजीका पीडा: अभिनेता र अभिनेत्री प्रचारमा व्यस्त

Leave a Comment

Your email address will not be published. Required fields are marked *