Latest News
Kathmandu

गृहमन्त्रीले भूइँ मान्छे लाई तिरस्कार, आन्दोलन जारी रहन्छ : सांसद ढकाल

गृहमन्त्रीले भूइँ मान्छे लाई तिरस्कार, आन्दोलन जारी रहन्छ : सांसद ढकाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकालले प्रतिनिधिसभाको बिहीबारको बैठकमा सरकारको भूमिकामाथि आलोचना गरेका छन् ।

उनले भिजिट भिसाको नाममा भइरहेको संगठित मानव तस्करीप्रति सरकार गम्भीर नदेखिएको आरोप लगाउँदै गृहमन्त्रीको राजीनासमेत माग गरेका हुन् ।

सांसद ढकालले सदनमा बोल्दै भने, ‘आज यो देशमा पसिना बगाउने ठाउँ नपाएर लाखौं युवा तस्करको जालमा परेका छन् । तर सरकारले हाम्रो आवाज सुन्ने प्रयाससमेत गरेको छैन ।’

उनले गृहमन्त्रीमाथि भूइँमान्छेहरुको आवाजमाथि कटाक्ष गरेको आरोप पनि लगाए । ‘गृहमन्त्रीज्यू सदनमा आएर भूइँमान्छेप्रति तिरस्कार जनाउनुभयो,’उनले भने, ‘तर विमानस्थलबाट मानव बेचबिखन ब्यूरो किन हटाइयो भन्ने प्रश्नको जवाफ उहाँसँग छैन ।’

ढकालले अख्तियारले ताकेता गरेपनि विमानस्थलमा रहेको मानव तस्करी र्याकेटमाथि अनुसन्धान सुरु नगर्नु, अनावश्यक कर्मचारी थप्नु र गृहमन्त्रीकै सचिवालयका कर्मचारी सरुवा हुनु जस्ता विषयमा सरकार मौन बसेको बताए ।

उनले डिआइजी सरुवा प्रकरणमा पनि गृहमन्त्रीले जवाफ नदिएको उल्लेख गरे । ‘यस्तो गम्भीर विषय लिएर हामी आन्दोलित हुँदा सरकार चुप छ, ’उनले भने, ‘हाम्रा माग सम्बोधन नभएसम्म र गृहमन्त्रीको राजीनामा नआएसम्म आन्दोलन जारी रहनेछ ।’

रास्वपाले भिजिट भिसाको नाममा भइरहेको मानव तस्करी, त्यसमा संलग्न नेटवर्कको अनुसन्धान, र गृहमन्त्रीको राजीनामाको माग गर्दै प्रतिनिधिसभा अवरुद्ध गर्दै आएको छ ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
इजरायल–इरान द्वन्द्वले कच्चा तेलको मूल्यमा वृद्धि, आपुर्ति प्रणालीमा अवरोध आउने चिन्ता
पछिल्लो समाचार →
राष्ट्रिय प्रजातन्त्र पार्टीले गर्यो संसद वहिष्कार

Leave a Comment

Your email address will not be published. Required fields are marked *