Latest News
Kathmandu

इजरायल–इरान द्वन्द्वले कच्चा तेलको मूल्यमा वृद्धि, आपुर्ति प्रणालीमा अवरोध आउने चिन्ता

इजरायल–इरान द्वन्द्वले कच्चा तेलको मूल्यमा वृद्धि, आपुर्ति प्रणालीमा अवरोध आउने चिन्ता

काठमाडौं । इजरायल र इरानबीचको हवाई युद्ध छैटौं दिनमा प्रवेश गर्दा बुधबार तेलको मूल्य वृद्धि भएको छ । जसले गर्दा आपूर्तिमा प्रणालीमा ठूलो अवरोध आउने त्रास बढेको छ ।

जुलाईको डेलिभरीको लागि वेस्ट टेक्सास इन्टरमिडिएटको मूल्य न्यूयोर्क मर्कन्टाइल एक्सचेन्जमा ३० सेन्ट अर्थात् ०.४ प्रतिशतले बढेर प्रति ब्यारेल ७५.१४ अमेरिकी डलर पुगेको छ । अगस्टको डेलिभरीको लागि ब्रेन्ट क्रूडको मूल्य लन्डन आइसीई फ्युचर्स एक्सचेन्जमा २५ सेन्ट अर्थात् ०.३३ प्रतिशतले बढेर प्रति ब्यारेल ७६.७० डलर पुगेको छ ।

क्षेत्रीय तनावको ठूलो वृद्धिमा, इजरायलले जुन १३ मा इरानको आणविक पूर्वाधारलाई लक्षित गर्दै ठूलो मात्रामा हवाई आक्रमण सुरु ग¥यो । त्यस दिन पछि इरानले प्रतिशोधात्मक हमलाको जवाफ दियो र दुई पक्षबीच गोली हानाहान अझै जारी छ ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
एमसीसी परियोजना अघि बढ्ने निश्चित, अमेरिकी दूतावासले दियो स्पष्टोक्ति
पछिल्लो समाचार →
गृहमन्त्रीले भूइँ मान्छे लाई तिरस्कार, आन्दोलन जारी रहन्छ : सांसद ढकाल

Leave a Comment

Your email address will not be published. Required fields are marked *